के थियो जुन डोनाल्ड ट्रंपको सम्बोधनमा अटाएन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2017 | 01:52:46 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको ४५ औ राष्ट्रपतिको रुपमा सपथ ग्रहणपश्चात सम्बोधनको क्रममा डोनाल्ड ट्रंपले अतिबाद इस्लामिक चरमपन्थीलाई धर्तिबाट निमिट्यान्न पार्ने उद्घोष गरेका छन। 

तर उनको यो उद्घोषले आश्चर्य मात्र होइन हैरान बनाएको छ। किनकि सिरियामा इस्लामिक स्टेट र अमेरिका दुवै त्यहाँका राष्ट्रपति बसर अल असदको बिरुद्द लडेका छन। बसर अल असदको बिरुद्दमा दुवै एक अर्काका मित्रको रुपमा खडा भएका छन। 

त्यस्तै यमनमा अमेरिका, आइसीस र साउदी अरब एक अर्कासंग मिलेर इरान र हति बिद्रोहीको बिरुद्द लडी रहेका छन। इस्लामिक स्टेट र अमेरिका कयौं स्थानमा कुटिनितिक सहयोगी भएर काम गरेका छन। तर राष्ट्रपति ट्रंप उसलाई मेटाउने कुरा गरिरहेका छन। 

इस्लामिक स्टेट कुनै यस्तो चिज थोडी न हो, जसलाई तपाइँ तोड फोड गरी फ्याक्नु हुन्छ। यस प्रकार त मानिसहरुलाई अतिबादको बाटोमा लाग्न थप प्रेरणा मिल्ने छ। जसले भविष्यमा ठुलो संख्यामा शरणार्थी समस्या जन्माउने छ। 

यसका बावजुद पनि मलाई यो भन्न कर लाग्छ कि यो सम्बोधन डोनाल्ड ट्रंपको अहिलेसम्मको सबै भन्दा उत्कृष्ट भाषण हो। यो पहिलो अवसर थियो जहा ट्रंपले आफुलाई पुरै अमेरिकाको राष्ट्रपतिको रुपमा पेश गरे। 

तर अमेरिकामा पछिल्लो समयमा जुन प्रकारले विभाजन बढिरहेको छ, जुन प्रकारले मानिसहरुमा  घृणाको भावना पैदा भएको छ, त्यसको पृष्ठभूमिमा ट्रंपले यस्तो केहि भन्न आवश्यक ठानेनन जसले यो दर्साओसकि उनलाई यस पृष्ठभूमिले चिन्तित बनाएको छ। 

यो अलग कुरा हो कि मुसलमान र अफ्रिकी अमेरेकी बिरुद्द जुन प्रकारले ट्रंपले यस अघि आफ्नो बयान दिए, त्यसलाई उनले निरन्तरता दिएनन। तर ट्रंपले चुनाबी अभियानमा महिला र मुसलमानको बिरुद्द जुन प्रकारको भाषा प्रयोग गरे , ती हरेक शब्दले राष्ट्रपति बनिसकेपछी पनि ट्रंपलाई पछ्याइरहेका हुने छन।   

जब ट्रंपले यो भनेकी अमेरिकाको लुटिएको सम्पति फिर्ता ल्याइनेछ , यसको इशारा तत्कालिन राष्ट्रपति बाराक ओबामा तर्फ रहेको जानकारहरुको बुझाईरहेको छ।


डेलवेयर यूनिवर्सिटीका प्रोफेसर मुक़्तदर खानको लेखको अनुबाद-बिबिसी 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved