पपुवा न्यु गिनीमा १७ बर्ष यता कै शक्तिशाली भूकम्प, खतरनाक सुनामी आउन सक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2017 | 10:03:56 PM मा प्रकाशित

laxmi  sunrise bank

पपुवा न्यु गिनीमा आइतबार शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ । अमेरिकी भुगर्व महाशाखाका अनुसार ४ बजेर ३० मिनेटमा (युटिसी समय) ८.० म्यागेच्युडको शक्तिशाली भूकम्प महशुस भएको हो ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले खतरनाक सुनामी छालहरु आउने सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ  । सुनामी आएको खण्डमा त्यसले इन्डोनेसियामा क्षति पुग्ने बताईएको छ  ।

पपुवा न्यु गिनीमा आएको यो १७ बर्ष यता कै ठुलो भूकम्प हो । त्यस क्षेत्रमा सन् २००० को नोभेम्बरमा पनि ८.० म्यागेच्युडको शक्तिशाली भूकम्प महशुस भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved