भारतको आन्ध्र प्रदेश राज्यमा भएको रेल दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । आंध्रप्रदेशको विजयनगरम जिल्लाको कुनेर स्टेशन नजिक हीराखंड एक्सप्रेसको ८ डिब्बा लिक बाहिर आउँदा दुर्घटना भएको हो । यो स्थान उडिसा र आन्ध्रप्रदेशको सीमामा पर्दछ ।
दुर्घटनामा दर्जनौ घाइते भएका र दुर्घटनाग्रस्त रेल भित्र फसेकाहरुलाई निकाल्ने क्रम जारी रहेकाले मृतकको संख्या बढ्ने सक्ने अनुमान गरिएको छ । दुर्घटनास्थल माओबादी प्रभावित क्षेत्र भएको बताईएको छ ।
पछिल्लो ३ महिनामा भारतमा भएको यो तेस्रो रेल दुर्घटना हो ।