माओबादी प्रभावित क्षेत्रमा रेल दुर्घटना, ३६ को मृत्यु 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 12:18:44 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको आन्ध्र प्रदेश राज्यमा भएको रेल दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ । आंध्रप्रदेशको विजयनगरम जिल्लाको कुनेर स्टेशन नजिक हीराखंड एक्सप्रेसको ८ डिब्बा लिक बाहिर आउँदा दुर्घटना भएको हो । यो स्थान उडिसा र आन्ध्रप्रदेशको सीमामा पर्दछ ।

  दुर्घटनामा दर्जनौ घाइते भएका र दुर्घटनाग्रस्त रेल भित्र फसेकाहरुलाई निकाल्ने क्रम जारी रहेकाले मृतकको संख्या बढ्ने सक्ने अनुमान गरिएको छ । दुर्घटनास्थल माओबादी प्रभावित क्षेत्र भएको बताईएको छ ।  

पछिल्लो ३ महिनामा भारतमा भएको यो तेस्रो रेल दुर्घटना हो । रेलमन्त्रीले घटनाको छानविनको लागि निर्देशन दिएका छन् । छानविन टोलीले घटना मानवीय त्रुटीका कारण भएको हो या अन्य केहि कारणले भएको बिषयमा खोजविन गर्ने छ । घटनामा मानवीय त्रुटी नदेखिए माओबादी वा नक्सालपन्थीले घटना गराएको हुन् सक्ने अनुमान गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved