बंगलादेशले नेपाल र भुटानबाट १० हजार मेगावाट बिजुली आयात गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 01:36:27 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशले नेपालको हाइड्रोमा लगानी गर्न उत्सुकता देखाएको छ । नेपालमा लगानी लगेर उत्पादित बिद्युत भारतको बाटो हुदै आफ्नो देशसम्म लैजाने बंगलादेशी योजना छ । अर्थात् बंगलादेशले नेपालसंग बिद्युत आपूर्ति गर्ने छ । आपूर्तिको लागि भारतले बंगलादेशलाई आफ्नो भुमि प्रयोग गर्न दिने बताई सकेको छ । 

बंगलादेशका बिद्युत तथा उर्जा राज्यमन्त्री नसरुल हामिदले भारत बिद्युत आयातको लागि आफ्नो भुमि प्रयोग गर्न दिन तयार रहेको बताउदै सरकारले छिमेकि देशहरुबाट बिद्युत आयातको लागि योजना बनाई रहेको बताएका हुन् । उनले अब बंगलादेशले नेपालमा लगानी गरेर पावर प्लान्ट स्थापना गर्न छिट्टै नेपालसंग सम्झौता गर्ने बताए । यस्तै खालको सम्झौता भुटानसंग पनि गर्ने हामिदको भनाई थियो  ।

  छिमेकि मुलुकबाट  १० हजार मेगावाट बिजुली आयात गर्ने बंगलादेशको योजना छ । मन्त्री हामिदले कुल उर्जाको १० प्रतिशत नविकरणीय उर्जाबाट उत्पादन गर्ने लक्ष्य सरकारको रहेको पनि जानकारी दिए ।  

सन् २०२१ सम्ममा २४ हजार मेगावाट बिजुली उत्पादन गर्ने र सन् २०४० सम्ममा ६० हजार मेगावाट बिजुली उत्पादन गर्ने बंगालदेशको तयारी छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved