पठाओका संस्थापक मृत अवस्थामा फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 07:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank

राइड शेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेह मृत फेला परेका छन् । उनी सोमबार अमेरिकाको न्युयोर्कमा मृत अवस्थामा फेला परेको बताइएको छ । प्रहरीले आधिकारिक रुपमा केही बताएको छैन । सलेह संस्थापक रहेको अर्को कम्पनी गोकाडाले भने बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनको मृत्यु भएको पुष्टि गरेको छ । उनी गोकाडाका सीईओ पनि थिए ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार सीसीटीभी फुटेजमा उनी मास्क लगाएका एक मानिससँग लिफ्टमा प्रवेश गर्दै गरेको देखिएको छ । उनको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा फेला परेको थियो । नजिकै एक विद्युतीय आरो पनि फेला परेको थियो ।

३३ वर्षीय सलेह बंगलादेशी आप्रवासीका छोरा थिए । उनले माध्यमिक शिक्षा लिँदै गर्दा पहिलो कम्पनी खोलेका थिए । उनले अन्य साथीहरुसँग मिलेर सन् २०१५ मा पठाओको स्थापना गरेका थिए । जुन, अहिले नेपाल र बंगलादेशमा लोकप्रिय छ । पछिल्लो समय उनले नाइजेरियामा मोटरबाइक ट्याक्सी एप गोकाडा पनि खोलेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved