१० सेकेण्ड मै सकियो ४ महिना लाग्ने काम, एकसाथ भत्काईए १९ ठुला भवन (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 01:50:32 AM मा प्रकाशित

laxmi  sunrise bank

एउटा सामान्य घर भत्काउन कति समय लाग्ला ? त्यो घर कति ठुलो छ भन्ने कुरामा भर पर्छ । सामान्यतया एउटा घर भत्काउन डोजर कै सहायता लिए पनि कम्तिमा पनि एक दिन त लागि हाल्छ । 

तर चीनमा भने १० सेकेण्ड मै भवन भत्काईएको छ । त्यो पनि एउटा होइन, एक साथ १९ वटा । हो चीनको हुवान प्रान्तमा १९ ठुला भवनहरु केवल १० सेकन्डमा भत्काइएको छ । ति भवनहरुमा ११ तले गगचुम्बी भवनहरु पनि सामेल थिए । ति भवनहरुसंगै रेलवे लाइन, सपिंग मल, विद्युतीय सब स्टेशन समेत जोडिएको थियो । तर इन्जिनियरहरुले ति कुनै संरचना लाई बाधा नपुग्ने गरी भवन भत्काएका हुन्। यहाँ सम्म कि ति संरचनातर्फ केहि सामान खसेको सम्म छैन । 

फोटोमा दाहिने पटि रेल वे लाइन देख्न सकिन्छ ।

त्यस स्थानमा ७ सय ७ मिटर अग्ला नयाँ भवनहरु बन्ने भएकाले त्यहाँ रहेका भवनहरु भत्काईएको हो । 

ति भवनहरु भत्काउन ५ टन विस्फोटक पदार्थ प्रयोग भएका थिए, जुन १ लाख २० हजार स्थानमा बिस्फोट हुने समय सेट गरेर राखिएको थियो । समयान्तर माइक्रो सेकेण्ड भन्दा कम राखिएको थियो । 

बिस्फोटक पदार्थ प्रयोग नगरेको भए ति भवन भत्काउन ४ महिना लाग्ने इन्जिनियरहरुले बताएका छन् । 

हेर्नुस भिडियो  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved