अमेरिकालाई युएनबाट पूर्ण रुपमा अलग गराउने बिधेयक दर्ता, बिश्वमा उथलपुथल आउन सक्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 08:39:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकालाई संयुक्त राष्ट्र संघ (युएन)बाट अलग गराउने एक विधेयक अमेरिकी संसद (हाउस अफ रिप्रेजेन्टेटिभ) मा दर्ता भएको छ । रिपब्लिकन पार्टीका नेता माइक रोजर्सले अमेरिकालाई युएनबाट पूर्ण रुपमा अलग गराउने प्रस्ताव सहितको बिधेयक दर्ता गराएका हुन् । यसको साथै युएनलाई अमेरिकाले दिने सहायता कटौती गर्नेको लागि अर्को बिधेयक पनि बन्दै गरेको बताईएको छ ।

रोजर्सले दर्ता गरेको बिधेयकलाई 'अमेरिकी सार्वभौमिकता पुनबहाली ऐन २०१७' नाम दिइएको छ । बिधेयकमा अमेरिका युनबाट पूर्ण रुपमा अलग हुने, न्यु योर्क शहरबाट युएनको मुख्यालय हटाउने, र युएनका सबै अङ्गहरुसँग अलग हुने प्रस्ताव गरिएको छ । बिधेयक पास भए दोस्रो बिश्व युद्दपछि अमेरिकाले युएनमा सहभागित हुन् गरेको निर्णय उल्टिने छ ।

हाल उक्त बिधेयक बाह्य मामिला समितिमा छलफलको लागि पठाईएको छ ।  यदि उक्त बिधेयक त्यस समितिले पारित गरे, हाउसमा जाने र हाउसले पारित गरे सिनेटमा पठाईने छ । बिधेयकमा राष्ट्रपतिले हस्ताक्षर गरेपछि कार्यन्वयन हुन् २ बर्ष लाग्ने बताईएको छ ।

बिधेयक पास भए अमेरिकाले युएनका विभिन्न संस्थालाइ दिने सहयोगी पूर्ण रुपमा रोकिने छ । अमेरिकी जनताले तिरेको करको ठुलो मात्र युएनमा अनुपयुक्त र अनुत्पादक क्षेत्रमा प्रयोग हुने गरेको त् त्यसले अमेरिकालाई कुनै फाइदा नगरेको तर्क बिधेयकमा गरिएको छ । युएनको कुल खर्च मध्ये अमेरिकाले २२ प्रतिशत बेहोर्दै आएको छ। 

निबर्तमान राष्ट्रपति ब्यारेक ओबामालाई इजरायललाई ठुलो मात्राको सहयोग गर्ने निर्णयपछि यस्तो बिधेयक आएको हो । 

नयाँ राष्ट्रपति डोनाल्ड ट्रंपले युएन गफ गरेर रमाएर बस्ने मान्छेहरुको क्लब भएको भनी टिप्पणी गरेका थिए  । उनले आफ्नो नेतृत्वमा युएन र अमेरिकाको सम्बन्ध फरक हुने समेत बताएका थिए  । 

यदि यो बिधेयक पार्रित भए बिश्वमा ठुलै उथलपुथल आउने निश्चित छ ।

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved