बिजपाटी सम्बाददाता     Jul 23, 2020 | 03:28:03 PM


tansen

बलिउड महानायक अमिताभ बच्चनले कोरोना जितेका छन् । कोरोना संक्रमण पश्चात मुम्बईस्थित नानावटी अस्पतालमा उपचारको क्रममा रहेको बच्चन कोरोना मुक्त भएका छन् ।

बच्चनको पछिल्लो पटक गरीएको स्वाब परीक्षणमा कोरोना नेगेटिभ देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपी उनी अझै केहिदिन अस्पतालमा नै रहने छन् । 

अमिताभ बच्चन्नसंगै उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या राय, ८ वर्षकी नातिनी आराध्यालाई पनि कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनीहरु सबैजना अस्पतालमा नै रहेका छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7