कोरोना बिरुद्द खोप बन्यो, राष्ट्रपतिकी छोरी बनिन् खोप लगाउने पहिलो व्यक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 03:48:54 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसले कोरोना भाइरस बिरुद्दको खोप पत्ता लगाएको घोषणा गरेको छ । रुसका राष्ट्रपति भाल्दमिर पुटिनले खोप दर्ता गरिएको र उनको आफ्नै छोरी यो खोप लगाउने पहिलो व्यक्ति भएको घोषणा गरेका हुन् । 

उक्त खोपले शरीरमा कोरोना भाइरस बिरुद्द रोग प्रतिरोधात्मक क्षमता विकास हुने राष्ट्रपति पुटिनले बताएका छन् । उक्त खोपको सबै आवश्यक परिक्षण गरिएको र व्यक्तिमा प्रयोग गर्न सकिने नतिजा आएपछि प्रयोग गर्न थालिएको पुटिनले बताए । पुटिनका अनुसार पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा रहेका वर्गलाई दिईने छ । रुसको स्वास्थ्य मन्त्रालयले पनि यस खोपलाई आधिकारिता दिएको छ । 

कोरोनाको खोप बनाउने होडमा इजरायल, अमेरिका, चीन, भारत, युके लगायतका देश रहे पनि रुसले यसमा बाजी मारेको हो । यद्यपि यो खोपलाई विश्व स्वास्थ्य संगठनले भने आधिकारिता दिई सकेको छैन ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved