रुसले बनाएको खोपको बिरोध गर्नेलाई राष्ट्रपति पुटिनले दिए कडा जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 11:55:07 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसले कोरोना बिरुद्द आफुले बनाएको खोपबारे अन्तराष्ट्रिय समुदायले व्यक्त गरेको चिन्ताप्रति असन्तुष्टि जनाएको छ। आफुले बनाएको कोरोना बिरुद्दको खोपको बिरोध गर्नु अनावश्यक भएको रुसको प्रतिकृया रहेको छ। 

रुसले मंगलबार मात्रै आफुले कोरोना बिरुद्दको खोप बनाएको दावी गरेको थियो। मानव शरीरमा करिब दुई महिना परिक्षण गरेपश्चात मात्रै यो खोपलाई प्रयोग गर्न अनुमती दिइएको रुसको दावी छ। 

तर जानकारहरुले रुसले यति तिब्र गतिमा खोप बनाएको दावी गरेकोमा आशंका गरेका छन्। जर्मनी, फ्रान्स, स्पेन र अमेरिकाका बैज्ञानिकहरुले रुसको दावीलाई अस्विकार गर्दै यसबाट सचेत रहन समेत आग्रह गरेका गरेका छन्। 

रुसको स्वास्थ्यमन्त्री मिखाईल मुराश्कोले बुधबार रुसी समाचारी एजेन्सी इन्टरफेक्स सँग रुसले बनाएको कोरोना बिरुद्दको खोपलाई लिएर अन्तराष्ट्रिय समुदायले बिरोध गर्नु अनावश्यक भएको बताएको अलजजिराले जनाएको छ। 

हाम्रो विदेशका धेरै साथिहरुलाई रुसको दावाले उ अहिले प्रतियोगितामा अगाडी  रहने चिन्ता बढेको छ। त्यहि भएर बिना आधारका प्रतिकृया दिएका छन्। 

रुसका मन्त्रीले यो खोपको पहिलो प्रयोग यहि दुई सातामा सुरु हुनेछ। दुई सातापछि बजारमा आएपछि पहिलो रुपमा डाक्टरलाई हस्तान्तरण गर्ने जानकारी दिए।  उनकाअनुसार युन्को योजना अक्टुबर महिनादेखि ठुलो संख्यामा परिक्षण सुरु गरिने छ। 

रुसले खोप बनाउने घोषणा मंगलबार व्लादिमिर पुटिनले गरेका थिए। रुषका राष्ट्रपतिले रुसले बनाएको औषधि जस्तो अन्य देशले बनाउन नसक्ने दाबी गरेका छन्।  त्यस्तै पहिलो खोप आफ्नै छोरीमा परिक्षण गर्ने ज्नाइएको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved