पर्खाल बनाउन ट्रंपले निकाले नयाँ जुक्ति, १ बर्ष मै मेक्सिकोबाट १० अर्ब डलर उठाउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 11:05:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले आफ्नो चुनावी अभियान ताकाको घोषणा अनुरुप अमेरिका र मेक्सिको सीमामा पर्खाल लगाउन आदेश दिईसकेका छन् । र उनले यसको लागि मेक्सिकोले पैसा दिने पनि बताएका छन् । 

सीमा पर्खालको खर्च कसले बेहोर्ने भन्ने विवाद चर्किंदै गर्दा मेक्सिकोका राष्ट्रपति एनरिके पेना नियतोले आगामी हप्ता उनले गर्ने भनेको वाशिंगटन भ्रमण रद्द गरेका छन्। साथै उनले मेक्सिकोले पर्खालको लागि कुनै पैसा नतिर्ने बताए।  

अब ट्रंपले पर्खाल बनाउन मेक्सिकोमाथि कर लगाउने र करबाट पैसा उठाउने तयारी गरेका छन् । जस अनुसार अमेरिकाले मेक्सिकोका आयातमाथि २० प्रतिशत कर लगाउँने तयारी गरेको छ । यस हिसाबले प्रतिवर्ष १० अर्ब डलर जति राजस्व उठ्ने बताईएको छ । त्यस्तो करले पर्खाल निर्माण खर्च सजिलै उठ्ने व्हाइट हाउसले जनाएको छ ।

दुई देशबिच प्रतिदिन डेढ अर्ब डलरभन्दा धेरै सीमा व्यापार हुने गरेको छ। 

मेक्सिकोका पूर्व राष्ट्रपति भिसेन्ट फक्सले अब आफ्नो देशले पनि पक्कै जवाफ दिने र बदलामा अमेरिकी आयातमाथि कर लगाउने बताए। उनले भने, "हामीले अमेरिकाको जति सामान किन्छौं त्यसमा करिब एक करोड अमेरिकी रोजगार प्रत्यक्ष जोडिन्छन्। यदी उनले मेक्सिकोबाट हुने ४० अर्ब डलर बराबरका कार आयातमा कर लगाए मेक्सिकोले पनि अमेरिकाबाट हुने आयातमा कर लगाउनेछ।"

ट्रम्पको कर योजनाप्रति अमेरिकाभित्रै पनि विरोध भएका छन्।

रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले प्रस्तावित करको भार अन्तत: अमेरिकी उपभोक्ताका काँधमा आइपर्ने चेतावनी दिए। 

मेक्सिको अमेरिकाको तेस्रो ठूलो व्यापारिक साझेदार रहेको भन्दै अमेरिकाले जस्ता कर लगाउँछ त्यस्तै कर मेक्सिकोले पनि लगाउन सक्ने र त्यसो भए आर्थिक वृद्धिमा असर पर्ने उनले बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved