आँधीका कारण नौ हजार मानिस विस्थापित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 02, 2016 | 10:55:06 PM मा प्रकाशित

laxmi  sunrise bank

 सोमबार आएको निडा नामक ग्रीष्मकालीन आँधीका कारण फिलिपिन्समा नौ हजार नागरिक विस्थापित भएको यहाँको राष्ट्रिय प्राकृतिक प्रकोप व्यवस्थापन समितिले जनाएको छ । 
आँधीका कारण करिब दुई हजार परिवार अर्थात् आठ हजारभन्दा बढी व्यक्ति फिलिपिन्सको उत्तरी भूभागमा प्रभावित भएको प्रकोप व्यवस्थापन समितिले बताएको छ । 

निडा नामक आँधीका कारण उक्त क्षेत्रमा रहेका विद्यालयहरूको पठनपाठन अनिश्चित कालका लागि बन्द गरिएको छ । आँधीका कारण उक्त क्षेत्रमा रहेका विमानस्थलमा समेत असर पर्दा सोमबार अधिकांश आन्तरिक उडानका सेवा रद्द भएका छन् । फिलिपिन्सबाट हंगकंग तर्फ बढेको उक्त आधिले हंगकंगमा जनजीवन प्रभावित पारेको थियो  । 

आहिले उक्त आंधी चीन प्रवेश गरेको अन्तर्राष्ट्रिय  संचारमाध्यमहरुले जनाएका छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved