अमेरिकी राष्ट्रपति ट्रंपलाई महाभियोग लगाएर पदमुक्त गर्न अभियान सुरु, यस्तो छ प्रक्रिया

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2017 | 10:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका ४५ औ राष्ट्रपति डोनाल्ड ट्रंपले सपथ लिएर कार्यभार पनि सम्हाली सकेका छन्। उनले सुरुवाती दिनमै केहि महत्वपूर्ण कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जुन जति महत्वकाक्षी छन् त्यति नै विवादास्पद पनि छन् । उनले अमेरिका र मेक्सिको सीमामा पर्खाल लगाउने र त्यसको लागि पैसा जुटाउन मेक्सिकोबाट आयात हुने सामानमा कर लगाउने घोषणा समेत गरिसकेका छन् । त्यस्तै उनले आप्रवासन संबन्धमा रहेका केहि नियम परिवर्तन गरेका छन्  । जसमा ७ मुस्लिम देशका नागरिकलाई भिषा नदिने स्पष्ट छ  । 

उनका निर्णयबाट रुष्ट बन्दै गएका समुहले उनलाई पदमुक्त गर्ने अभियान सुरु गरेका छन्  । हुनत ट्रंपलाई पदभार ग्रहण गर्नु अगाडी नै रोक्नलाई त्यो समुह सक्रिय थियो  । अब त्यहि समुहले ट्रंपले सपथ लिएकै दिन देखि 'डोनाल्ड ट्रंपलाई तत्काल महाभियोग लगाउ' भन्ने वेबसाइट नै संचालन गरेर उनलाई पदमुक्त गर्न अभियान थालेका छन्  । 

के ट्रंपलाई हटाउन सम्भव होला त ? यस्तो छ कानुनी प्रक्रिया  ।

अमेरिकी संविधानको अनुच्छेद ४ को धारा २ मा महाभियोग सम्बन्धि प्रावधान छ । जस अनुसार राष्ट्रपति, उपराष्ट्रपति र अन्य सरकारी अधिकारीलाई महाभिओयोग लगाउन सकिने उल्लेख छ ।त्यस धारामा ति पदमा रहेका व्यक्तिमाथि देशद्रोह, घुसखोरी, अन्य जघन्य तथा उच्च अपराधको आरोप लागेमा महाभियोग प्रक्रिया अघि बढ्न सक्ने उल्लेख छ  । 

त्यसको लागि सदनको कुनै पनि सदस्यले प्रमाण सहितको आरोप कग्रेस अर्थात् त्यहाको सदनमा दर्ता गराउनु पर्ने छ । त्यसपछि उक्त प्रस्तावमाथि सिनेट अर्थात् त्यहाको माथिल्लो संसदले छलफल गर्ने छ । यदि सिनेटका दुई तिहाई बहुमतले महाभियोग प्रस्ताव पारित गरे ट्रंप पदमुक्त हुने छन् ।

तर महाभियोग लगाउन ट्रंप 'देशद्रोह, घुसखोरी, अन्य जघन्य तथा उच्च अपराध' मध्ये कुनैमा सामेल भएको हुनु पर्ने छ । ट्रंपको कुनै निर्णय वा आदेश कै कारणले उनलाई महाभियोग लगाउन सकिदैन ।

अमेरिकाको इतिहासमा हालसम्म ३ राष्ट्रपति बिरुद्द मात्र महाभियोग आरोप लागेको छ । सन् १८६८ मा राष्ट्रपति एन्ड्रयु जोनसन र सन् १९९८ मा राष्ट्रपति बिल क्लिन्टन बिरुद्द महाभियोग आरोप दर्ता भएको थियो । तर दुवै प्रस्ताव पारित हुन् सकेनन् र दुवै राष्ट्रपतिले आफ्नो कार्यकाल पुरा गरे । सन् १९७४ मा राष्ट्रपति रिचार्ड निक्सनमाथि पनि माहभियोग प्रस्ताव दर्ता भयो । तर उनले सदनले भोट गर्नु अघि नै राजिनामा दिए । 

केहि संविधानविदहरु ट्रंपले संविधानको कुनै पनि दफा उल्लंघन गरेको खण्डमा पनि महाभियोग लगाउन सकिने बताउछन्। जस्तै अन्य कंग्रेस (संसद)को अनुमति बिना कुनै देशबाट सहयोग लिनु पनि दफा उल्लंघन गरेकोमा पर्छ  । वाशिंगटनमा रहेको ट्रंपको होटेलमा बिदेशीहरु ट्रंपले भेट गरिरहने भएकाले सबैको नजर त्यहि छ  । 

ट्रंपले यदि राष्ट्रपति हुनु अघि नै कुनै असंबैधानिक कार्य गरेको भए उनलाई सोहि आधरमा महाभियोग लगाउन सकिने कि नसकिने भन्नेमा पनि सविधानविदहरुको दुई थरी धारणा रहेको छ  ।

अमेरिका तल्लो सदन (हाउस अफ रिप्रेजेनटेटिभ) र माथिल्लो सदन (सिनेट) दुवैमा रिपब्लिकनहरुको बहुमत छ  । ट्रंप रिपब्लिकन पार्टी बाट नै उम्मेदवार बनेका हुन्  । जबसम्म संसदमा निर्बाचित भएकाहरुले आफ्नो पार्टी कै ट्रंपलाई समर्थन गरी रहन्छन तब सम्म महाभियोग असम्भव छ  । तर ट्रंपका पछिल्ला गतिबिधिहरु प्रति रिपब्लिकनहरु मध्यबाट नै विरोधका स्वरहरु सुनिन थालेका छन्  । जुन दिन ति रिपब्लिकनहरुले ट्रंपलाई समर्थन गर्न छोड्छन, त्यहि समयमा ट्रंप  महाभियोग मार्फत पदमुक्त हुन सक्छन  । 

महाभियोग प्रस्तावमा अन्तिम निर्णय माथिल्लो सदन अर्थात् सिनेटको हुन्छ जहाँ रिपब्लिकनहरुको झिनो अन्तरको बहुमत छ  । १०० जना संख्याको सिनेटमा रिपब्लिकन हरुको संख्या ५२ रहेको छ भने डेमोक्र्याटका ४६  जना छन्  । २ जना स्वतन्त्र छन् जो डेमोक्र्याट मार्फत ककस जितेर आएका हुन् । ट्रंपमाथि महाभियोग लाग्छ , लाग्दैन र लागेपनि पारित हुन्छ हुदैन त्यो भने समयले देखाउने छ । त्यसको लागि ट्रंप दोषी देखिने प्रमाण चाहिन्छ र रीपब्लिकन नै ट्रंपको बिपक्षीमा उत्रनु पर्छ । तर ट्रंपको विरोधमा अमेरिका भित्रै र बाहिरबाट पनि विरोधको आवाजहरु बढ्दै गएको देखिन्छ । 

ट्रंपलाई महाभियोग लगाउन सुरु गरिएको वेबसाइट 'इम्पिच डोनाल्ड ट्रंप नाउ' नामक वेबसाइटमा हालसम्म झन्डै ४ लाखले समर्थन दिईसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved