अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले देखाए अर्को तमासा 'अहिलेसम्मकै खराब सम्झौता'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 03, 2017 | 08:15:22 AM मा प्रकाशित

laxmi  sunrise bank

शरणार्थी आदानप्रदानसम्बन्धी अष्ट्रेलियासँगको एउटा सम्झौताई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'विवेकहीन सम्झौता'को संज्ञा दिएका छन्।

ट्रम्प र टर्नबुल

उक्त सम्झौतालाई लिएर ट्रम्प र अष्ट्रेलियाली प्रधानमन्त्री माल्कम टर्नबुलबीच टेलिफोन वार्तामा चर्काचर्की परेको विवरणहरु सार्वजनिक भएका छन्।

अष्ट्रेलियाली प्रधानमन्त्री टर्नबुलले ओबामा प्रशासनले गरेको सम्झौताबारे अमेरिकी राष्ट्रपति ट्रम्पबाट आश्वस्त हुन चाहेको बुझिएको छ।अष्ट्रेलियाली बन्दीगृहबाट १२ सयभन्दा बढी शरणार्थीलाई अमेरिकामा पुनर्वासका लागि लग्ने सहमति ओबामा प्रशासनले गरेको थियो।

'खराब सम्झौता'
समाचारहरुमा जनाइए अनुसार ट्रम्पले उक्त सम्झौताई 'अहिलेसम्मकै खराब सम्झौता' भनेका थिए।
के तपाईं पत्याउनुहुन्छ? ओबामा प्रशासनले अष्ट्रेलियाबाट हजारौं गैरकानूनी शरणार्थी लैजाने सहमति गरेको रहेछ। किन? म त्यो विवेकहीन  सम्झौताको अध्ययन गर्छु-डोनल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति

तर टर्नबुलले ट्रम्पसँग सिधा र स्पष्ट कुराकानी भएको बताएका छन्।यद्यपि उक्त सम्झौताबारे ट्रम्पबाट कुनै स्पष्ट प्रतिबद्धता नआएको उनले बताए।

टेलिफोन वार्तापछि ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,

"के तपाईं पत्याउनुहुन्छ? ओबामा प्रशासनले अष्ट्रेलियाबाट हजारौं गैरकानूनी शरणार्थी लैजाने सहमति गरेको रहेछ। किन? म त्यो विवेकहीन सम्झौताको अध्ययन गर्छु।" -डोनल्ड ट्रम्प, अमेरिकी राष्ट्रपति

अष्ट्रेलियाले विवादित रुपमा इरान, अफ्गानिस्तान र इराकका शरणार्थी स्वीकार्न इन्कार गरेको छ जसमध्ये अधिकांश पुरुष छन्।

भविष्य
ती शरणार्थीहरुलाई उसले नरु र पपुआ न्यु गिनीमा राखेको छ।मुसलमान बहुल ७ वटा मुलुकका शरणार्थी लगायतमाथि अस्थायी रुपमा अमेरिका प्रवेशमा रोक लगाउने गरी ट्रम्पले गत शुक्रबार कार्यकारी आदेश जारी गरेको पृष्ठभूमिमा ओबामा प्रशासनले गरेको सम्झौताको भविष्यबारे स्पष्ट हुन अष्ट्रेलियाली प्रधानमन्त्री टर्नबुलले टेलिफोन वार्ता गरेका हुन्।

ट्रम्प र टर्नबुलबीच शनिबार टेलिफोन वार्ता भएको थियो जुन दिन ट्रम्पले चारजना विश्व नेतासँग टेलिफोन वार्ता गरेका थिए।
जसमध्ये रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि एक हुन्।

वरिष्ठ अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै वासिङटन पोस्टले जनाए अनुसार अष्ट्रेलियाली प्रधानमन्त्रीसँग एक घण्टासम्म चल्नुपर्ने टेलिफोन वार्ता ट्रम्पले २५ मिनेटमै टुंग्याएका थिए। -बिबिसी 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved