ट्रंपलाई धक्का: मुस्लिम बाहुल्य देशका नागरिकलाई प्रतिबन्धको निर्णय रोकियो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 04, 2017 | 09:15:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सियाटलका एकजना न्यायाधीशले मुसलमान बहुल रहेको सात देशका यात्रुहरुमाथि अमेरिका प्रवेशमा अस्थायी प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमाथि देशव्यापी रुपमा अस्थायी रोक लगाउने आदेश दिएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने उपायबारे यो अहिलेसम्मकै एउटा वृहत आदेश हो।
अमेरिकी विदेशमन्त्रालयले ट्रम्पको कार्यकारी आदेशपछि ६० हजार यात्रा अनुमतिपत्रहरु रद्द गरिएको जनाएको छ।

चुनौती
सरकारी वकिलहरुले राष्ट्रपतिले दिएको कार्यकारी आदेशलाई कुनै पनि राज्यले चुनौती दिने ठाउँ नरहेको भन्ने दाबी गरिरहेका बेला संघीय न्यायाधीश जेम्स रोबर्टको यस्तो आदेश आएको हो।

गत साता ट्रम्पले मुसलमान बहुल रहेको सात देशका आप्रवासीहरुको अमेरिका प्रवेशबारे गरेको कार्यकारी आदेशले जनप्रदर्शनहरु निम्त्याएका छन्।उक्त आदेशले अमेरिकी विमानस्थलहरुमा दुविधाको वातावरण श्रृजना गरेको छ।

ट्रम्प प्रशासनमाथि महत्वपूर्ण चुनौती दिएको पछिल्लो आदेशविरुद्ध सरकारले तत्कालै पुनरावेदन दिने ठानिएको छ।यसअघि नर्वेका पूर्व प्रधानमन्त्री हेल माग्ना बुलभिकले एकसाता अघि अमेरिकाको विमानस्थलमा आफू थुनामा परेको बताएका छन्।

आफूसँग इरानको यात्रा अनुमतिपत्र भएकाले उनकै शब्दमा त्यस्तो उत्तेजनात्मक कदम चालिएको हुनसक्ने उनले बताएका छन्।

दाबी
ट्रम्पले अमेरिकाको रक्षा गर्ने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताउँदै उक्त प्रतिबन्ध मुसलमानहरुमाथि नभएको दाबी गरेका छन्।

थुप्रै राज्यका महान्यायाधिवक्ताहरुले कार्यकारी आदेश असंवैधानिक भएको बताएका छन्।यसअघि केही संघीय न्यायाधीशहरुले पनि राष्ट्रपतिको निर्णयविरुद्ध आदेश दिएका थिए। तर सियाटलका न्यायाधीशले दिएको यो पछिल्लो आदेश भने देशभरका लागि लागू हुनेछ।

भर्जिनिया, न्यूयोर्क, मासाचुसेट्स र मिसिगनमा पनि ट्रम्पको आदेशलाई चुनौति दिँदै हालिएका मुद्दामा सुनुवाई भइरहेको छ।-बिबिसी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved