'ट्रंपलाई देखाउन' उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण, ट्रंपले गरे निन्दा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 09:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियाले पहिचान नखुलेको एक किसिमको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको समाचार संस्था एनह्यापले जनाएको छ। दक्षिण कोरियाको रक्षा अधिकारीहरुले उक्त प्रक्षेपण स्थानीय समय अनुसार ७ बजेर ५५ मिनेटमा जापानको पूर्वी क्षेत्रतर्फको समुद्रमा लक्षित रहेको जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निम्तोमा जापानका प्रधानमन्त्र सिन्जो आबे अमेरिका पुगेका बेला क्षेप्यास्त्र प्रक्षेपणको पछिल्लो खबर आएको हो। अन्तराष्ट्रिय संचार माध्यमहरुले ट्रंपलाई आफ्नो शक्ति देखाउन उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हुन् सक्ने बताएका छन् । उत्तर कोरियाले यस अघि अमेरिकालाई चेतावनी दिदै आफु संग अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र भएको बताएको थियो। 

उता अमेरिका भ्रमणमा रहेका जापानी प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले संयुक्त बिज्ञप्ति निकाल्दै उत्तर कोरियाली कदमको निन्दा गरेका छन्  । उनीहरुले उत्तर कोरियालाई संयुक्त राष्ट्र संघ, सुरक्षा परिषदको नीति र मान्यता अनुसार चल्न पनि सुझाव दिएका छन्  । 

दक्षिण कोरियाको सेनाले त्यसरी प्रहार गरिएको क्षेप्यास्त्र ब्यालिस्टिक क्षेप्यास्त्र भए नभएको प्रष्ट नभएको जनाएको छ। पछिल्लो क्षेप्यास्त्र अघिल्लो अक्टोबरमा दुईवटा मध्यम क्षमताको क्षेप्यास्त्र परीक्षण गरिएको पश्चिमी प्रान्त उत्तर प्योङयाङबाट प्रहार गरिएको विश्वास गरिन्छ।

उत्तर कोरियाका नेता किम जंग उनले गत ज्यानुअरीमा आफ्नो देश लामो दूरीको क्षेप्यास्त्र परीक्षणका लागि योग्य रहेको जनाएका थिए। गत साता अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले दक्षिण कोरियाको भ्रमणका बेला उत्तर कोरियाले कुनै पनि परमाणु हतियार प्रयोग गरे उसले त्यसविरुद्ध कडा र प्रभावकारी प्रतिक्रिया जनाइने बताएका थिए।

उनले यो वर्षको अन्त्यमा दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरक्षाका लागि आवश्यक प्रणाली जडान गरिने बताएका थिए।

उत्तर कोरियाले गत वर्ष आफ्नो पाँचौं परमाणु प्रविधिको परिक्षण गरेको थियो। उसले अमेरिकामा परमाणु हमला गर्ने क्षमता आफूसँग रहेको पनि दाबी गर्दै आएको छ। तर उसको यस्तो दाबी माझ विज्ञहरु भने त्यसका लागि उत्तर कोरियाले प्रविधिमा त्यति प्रगति गरिसकेकोमा अझै सहमत देखिँदैनन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved