सबैभन्दा अग्लो बाँध फुट्ने खतरा, २ लाख मानिस अन्यन्त्र सारिए 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 14, 2017 | 01:17:45 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको सबैभन्दा अग्लो बाँध फुट्ने खतरा बढेको छ । ठूलो पानी परेका कारण बाँध कमजोर भएकाले  क्यालिफोर्नियामा राज्यमा रहेको ओरोभिल बाँध फुट्ने खतरा बढेको हो ।

 खतरा बढेसंगै उत्तरी क्यालिफोर्नियाका २ लाख मानिसलाई  घर खाली गर्न लगाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ। हावा हुरी सहित ठुलो पानि परेका कारम बाँधमा पानीको सतह खतरनाक बिन्दु भन्दा माथि आई पुगेको थियो । पानी सुरक्षित तरिकाले कम गराउने क्रममा बाँधमा प्वाल परेको सरकारी अधिकारीहरुले बताएका छन् । त्यस प्वाललाई चट्टानले बन्द गर्ने कार्य भईरहेको बताईएको छ ।

  आइतबारदेखि तालको पानी मुख्य मार्गबाट एक लाख क्युसेकप्रति सेकेण्डका दरले सुरक्षित रुपमा निकासा गर्न थालिएका क्यालिफोर्नियाको जलस्रोत विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved