एक साथ १ सय ४ उपग्रह प्रक्षेपण गरेर भारतले रच्यो इतिहास, तोड्यो रुसको रेकर्ड (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 15, 2017 | 10:38:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय अंतरिक्ष अनुसंधान संस्थान (इसरो)ले एक साथ १ सय ४ उपग्रह प्रक्षेपण गरेर  इतिहास रचेको छ । इसरोले बुधबार बिहान भारतीय समय  अनुसार ९ बजेर २८ मिनेटमा एकै रकेटमा १ सय ४ उपग्रह प्रक्षेपण गरेको हो  । यस अघि यो रेकर्ड रसियाले एकै पटक ३७ उपग्रह प्रक्षेपण गरेको थियो । 

भारतले अन्तरिक्षमा पठाएको १ सय ४ रकेट मध्ये ३ भारतीय हुन् भने ९६ अमेरिकी हुन् । अन्य रकेट नेदरल्याण्ड , इजरायल, सुजरल्याण्डम युएई र काजकिस्तानका हुन् । मिसनको आधा खर्च अन्य देशको रकेट पठाऊदा आएको बताईएको छ । 

 PSLVC 37 नाम दिइएको यो मिसन आन्ध्र प्रदेशको श्री हरिकोटा प्रक्षेपण गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्  ।  इसरोले सबै १ सय ४ उपग्रह सफलतापुर्वक अलग भएको र निर्धारित अर्बिटमा परिक्रमा गर्न थालेको बताएको छ ।  

ति रकेटले पृथ्वीको तस्विरहरु पठाउने र त्यसले सुरक्षा, विकास निर्माण लगायतजा दिशामा सहयोग गर्ने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved