रुस र चीनले भिटो प्रयोग गरेपछि संयुक्त राष्ट्रसंघको प्रस्ताव विफल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 01, 2017 | 11:19:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिरिया सरकारमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको प्रयासमाथि रुस र चीनले भिटो प्रयोग गरेका छन्। अमेरिका, ब्रिटेन र अन्य सुरक्षा परिषदमा रहेका देशहरुले विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा हमला गर्न रासायनिक हतियार प्रयोग गरेको भन्ने आरोपमाझ दमासकसलाई दण्डित गर्न खोजेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरिया सरकार र विपक्षीहरुबीच हाल जिनिभामा भइरहेको शान्ति वार्तालाई यो प्रतिबन्धले कमजोर बनाउने तर्क गरेका छन्।

एउटा अन्तर्राष्ट्रिय अनुसन्धानले सिरिया सरकारले विभिन्न तीनवटा समयमा विद्रोही नियन्त्रित क्षेत्रमा विषालु क्लोरिन ग्यास प्रयोग गरेको पत्ता लगाएको थियो। त्यसैका लागि पश्चिमा शक्ति राष्ट्रहरुले दमासकसलाई दण्डित गर्न चाहेका हुन्। तर रुसले उक्त कदममा बन्देज लगायो र भिटो प्रयोग गर्ने पक्षमा चीन पनि जोडियो। सिरिया सरकारलाई जोगाउनका लागि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको प्रस्तावमा रुसले भिटो प्रयोग गरेको यो सातौंपटक हो।

सन् २०११ मा गृहयुद्ध शुरु भएयता सिरियाबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले गरेको प्रस्तावमा चीनले पनि ६ पटकसम्म भिटो प्रयोग गरेको बीबीसीले जनाएको छ । 

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भ्लादिमिर साफ्रोन्कोभले भने, "सुरक्षा परिषदका १५ सदस्य मध्य ६ वटाले संयुक्त राष्ट्रसंघको उक्त प्रस्तावमाथि समर्थन नजनाएपछि यसबारे उसले गम्भीर रुपमा पुनर्विचार गर्नुपर्ने हो। हामीले जुन टिप्पणी सुन्यौं त्यसले कुनै दुविधा छोडेको छैन कि उक्त प्रस्ताव पश्चिमा शक्ति राष्ट्रहरुको दमासकसको शासनविरोधी सिद्धान्तमा आधारित भएर तयार गरिएको हो।"

तर विषालु ग्यासका कारण स्वासप्रस्वासमा समस्या पारी जसले महिला, बालबालिकासहित थुप्रै मानिसहरु मारे उनीहरुलाई जवाफदेही तुल्याउन रुस र चीन चुकेको अमेरिकाले बताएको छ। रुस र अमेरिकाबिच भएको एउटा सम्झौताअन्तर्गत सिरियाले सन् २०१३ मा आफ्ना रासायनिक हतियारहरु नष्ट गर्न सहमति जनाएको थियो।

त्यसयता सन् २०१४ र २०१५ मा उसले तीनपटकसम्म विषालु ग्यासको प्रयोग गरेको भन्ने अन्तर्राष्ट्रिय अनुसन्धानले देखाए पनि सिरियाले भने त्यसलाई अस्वीकार गर्दै आएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved