तमिलनाडुमा पेप्सी र कोका कोला बिक्रिमा प्रतिबन्ध

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 09:40:58 AM मा प्रकाशित

laxmi  sunrise bank

तमिलनाडुका ब्यापारीले कोका कोला र पेप्सीको बिक्रिमा रोक लगाएका छन। स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनका लागि त्यहाँका ब्यापारीले कोका कोला र पेप्सीको बिक्रिमा रोक लगाएको बिबिसीले जनाएको छ। 

स्थानीय ब्यापारीको उक्त प्रस्ताब तमिलनाडु राज्यका दुई शिर्ष ब्यापारीहरुको संगठनले समर्थन गरेका छन। सफ्ट पेय पदार्थका कम्पनीहरुले नदिबाट ठुलो परिमाणबाट पानी ट्याप गर्ने हुनाले खडेरीको समयमा पानिको लागि किसानहरुले शास्ती बेहोर्नु पर्ने ति सङ्गठनको जिकिर गरेका छन। 

भारतीय पेय पदार्थसंघ (आइबिए) ले भने ब्यापारीहरुको यस प्रकारको रोकावट प्रति निराशा व्यक्त गरेको छ। कोका कोला र पेप्सी माथिको प्रतिबन्धलाई अधिकांश सफ्ट पेय पदार्थ उत्पादककर्ताको नेतृत्त्व गर्ने संस्था आइबिएले राम्रो आर्थिक विकासको मूल सिद्दान्तको बिरोध भएको प्रतिक्रिया दिएको छ। 

तमिलनाडुमा कोका कोला र पेप्सी भारत मिलेर २ हजार परिवारलाई रोजगारी प्रदान गरेको तथ्य प्रस्तुत गर्दै आइबिएले उपभोक्तालाई यसको निर्णय गर्न दिनु पर्ने प्रस्ताब अघि सारेको छ। कुन पेय पदार्थ पिउने भन्ने निर्णयको अधिकार उपभोक्तालाई नै छोडी दिनु पर्ने आइबिएको तर्क छ। 

तमिलनाडु राज्यका १० लाख बढी परिवारले ब्यापारीहरुको यस प्रकारको प्रतिबन्धलाई पालना गर्न सक्ने अनुमान गरिएको छ। व्यापारीहरुका दुई ठुला संगठन फेडेरेसन अफ तमिलनाडु ट्रेडर्स एसोसीयसन (एफटिएनए) र तमिलनाडु ट्रेडर्स एसोसीएसन फोरम (टीएनटीएएफ़) ले प्रतिबन्धको प्रस्ताब जल्लीकटुटमा प्रतिबन्धको बिरुद्द पछिल्लो महिना भएको प्रदशनबाट प्रेरित भएर गरिएको बताएको छ। 

यी दुई संगठनले सुपरमार्केट, रेस्टुरेन्ट र होटलबाट पेप्सी र कोका कोलाको बिक्रि प्रतिबन्ध गर्ने र स्थानीय व्यवसाय र किसानको स्तिथिलाई सहयोग गर्न समेत सबैलाई अपिल गरेको छ। यस प्रकारको प्रतिबन्धमा पेप्सी र कोकाकोलाले आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved