ब्रिटेनको मुटुमा आक्रमणकारी हमला: ५ को मृत्यु, ४ दर्जन बढी घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 11:15:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रिटेनको संसद् भवनबाहिरको आक्रमण पछि मारिनेहरुको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ। आक्रमणमा चालिसजना मानिसहरु घाइते भएका छन्।

बु्धबार दिउँसो ब्रिटेनको संसद् भवनबाहिर वेस्टमिनस्टर पुलमा एकजना व्यक्तिले नियतवश पेटीमा हिँडीरहेका मानिसहरुमाथि मोटर लगेर जोताएका थिए। पछि ती व्यक्तिले मोटरबाट निस्केर संसद भवनको सुरक्षा गरिरहेका प्रहरीमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए। लगत्तै ती आक्रमणकारीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो।

आक्रमणकारी तथा घाइते प्रहरी दुबैको ज्यान गएको विवरणहरुमा जनाइएको छ। लण्डनको मेट्रोपोलिटन प्रहरीका एकजना प्रवक्ताले लण्डनभरि नै थप प्रहरी तैनाथ गरिएको र पूर्णकालिन आतंकवाद विरोधी छानविन शुरु गरिएको बताए।

वेस्टमिनस्टर पुलमा घाइतेहुनेहरुमध्ये तीनजना प्रहरी पनि रहेको बताइएको छ। घाइते हुनेहरुमध्ये फ्रान्सका तीनजना स्कुले विद्यार्थीहरु पनि भएको जनाइएको छ। जानीजानी पदयात्रीमाथि कार गुडाइएपछि एक महिलाको मृत्यु भएको चिकित्सकहरुले बताए।

सो कार आक्रमणपछि गम्भीर घाइते भएका अन्य केहीको उपचार भइरहेको छ। आक्रमणमा कैयौं पदयात्रीहरुलाई किचेपछि सो कार नजिकैको रेलिङमा गएर ठोकिएको थियो। प्रहरीले संसद भवनबाहिर भएका आक्रमणलाई "हालका लागि आतंकवादी हमला" को रुपमा लिइएको बताएको छ।

सेन्ट टमस अस्पतालका एक डाक्टरले कैयौं घाइतेको अवस्था गम्भीर रहेको बताए। सो घटना लगत्तै ब्रिटिश संसदको कारवाही स्थगित गरिएको थियो। सांसदहरुले तीन वा चार पटक गोली चलेको आवाज सुनेको बताएका थिए। 

प्रधानमन्त्री टरिजा मे सुरक्षित रहेको डाउनीङ स्ट्रीटले जनाएको छ। गोली चलेको आवाज सुनिए लगत्तै ब्रिटिश प्रधानमन्त्री टरीजा मेलाई सुरक्षित स्थानतर्फ लगिएको थियो। उनले सो हमलाको निन्दा गर्दै हताहति हुनेहरुप्रति समवेदना तथा सहानुभूति व्यक्त गरेकी छन्। उनले मन्त्रीहरुसहितको एउटा संकटकालिन बैठक पनि गरेकी थिइन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved