इरानमा प्रमाणु वैज्ञानिकलाई दिइयो फाँसी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 07, 2016 | 06:09:01 PM मा प्रकाशित

laxmi  sunrise bank

इरानमा परमाणु बैज्ञानीकलाई फाँसी दिइएको छ। सन २०१० मा पक्राउ परेका परमाणु बैज्ञानिक शाहराम अमिरिलाई फांसीको सजाय दिइएको बैज्ञानिक अमिरिको परिवारलाई उद्धृत गर्दै बिबिसीले समाचार लेखेको छ। 

सन २००९ मा हजमा जाँदा बेपत्ता भएका अमिरी पछि अमेरिकामा सार्वजनिक भएका थिए। यद्दपी आफुलाई अमेरिकाको गुप्तचर विभाग सिआइएले अपहरण गरेको बताएका थिए। 

सन २०१० मा तेहरान फर्किदा भब्य स्वागत गरिएका अमिरीको फाँसी रहस्यमयी रहेको स्थानीय संचार माध्यमले जनाएका छन। बैज्ञानिक अमिरिको आमाले आफ्नो छोराको शब अन्तिम संस्कारका लागी सरकारले आफुहरुलाई जिम्मा लगाएको जानकारी दिएको बिबिसीले जनाएको छ। अमिरिको घाटीमा डोरीको डाम रहेको परिवार स्रोतले बताएको छ । इस्लामिक परम्परा अनुसार उनको अन्तिम संस्कार गरिएको बताइएको छ । 

सन् १९७७ मा जन्मिएका अमिरी २००९ मा हजका क्रममा बेपत्ता पारिएपछी अमेरिकामा सार्वजनिक भए। अमिरी सन २०१० मा तेहरान फर्किदा भब्य स्वागत गरिएको थियो। त्यसपछि उनलाई पक्राउ गरेर गोप्य स्थानमा हिरासतमा राखिएको थियो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved