युद्दको संकेत : १५४ ओटा मिसाइलसहितको अमेरिकी युद्धपोत पानीजहाज दक्षिण कोरिया पुग्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 25, 2017 | 05:52:01 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तर कोरियाले थप मिसाइल वा आणविक परीक्षण गर्ने आशंका बढिरहेकाबेला अमेरिकाले पठाएको एक युद्धपोत पानीजहाज मंगलबार दक्षिण कोरिया पुगेको छ । 

उक्त युद्धपोत पानीजहाजमा ६० जना विशेष अपरेसन सेना र १५४ ओटा क्रुज मिसाइल रहेको बताइएको छ ।

उत्तर कोरियाले आफनो ८५औं सैन्य दिवस मनाइरहेकैबेला अमेरिकाले युद्धपोत पानीजहाज दक्षिण कोरिया पठाएको हो ।

पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच चर्को वाकयुद्ध चलेको छ ।

अमेरिकाले भड्काउपूर्ण व्यवहार जारी राखी आणविक आक्रमण गर्ने उत्तरले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्ध बेवास्ता गर्दै उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गरिहेको छ । (एजेन्सी) 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved