नेपालप्रेमी मुन बने दक्षिण कोरियाको राष्ट्रपति, यस्तो छ भूकम्पमा उद्दारदेखि हिमालयको यात्रासम्मको उनको कथा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 10, 2017 | 12:44:11 PM मा प्रकाशित

laxmi  sunrise bank

दक्षिण कोरियामा भएको राष्ट्रपतीय निर्बाचनमा डेमोक्रेटिक पार्टीका मानव अधिकारवादी वकिल मून जाए-इन बिजयी भएका छन्  । उनी ४१.०८ प्रतिशत भोट पाएर बिजयी भएका हुन्   । उनका निकटतम प्रतिद्वन्द्वी लिबर्टी पार्टीका हंग जुन प्योले २४.०३ प्रतिशत मत पाए 

भूतपुर्व राष्ट्रपति पार्क गुन-हेलाई भ्रष्टाचारको आरोपमा दोषी पाइएपछि समयअगावै सो राष्ट्रपतीय निर्वाचन आयोजना गरिएको हो। निर्वाचनमा १२ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। सोलबाट बीबीसीका स्टेफन इभान्स भन्छन्, "मूनले जितेमा दक्षिण कोरियाले उत्तर कोरियाका बारेमा लिएको नीति परिवर्तन गर्नसक्छ। तर देशका जनताका लागि भ्रष्टाचार र अर्थतन्त्रका मुद्दा अझ ठूलो चिन्ताको विषय बनेका छन्

मूनले उत्तर कोरियासंग सम्बन्ध बढाउन चाहेका छन् जुन दक्षिण कोरियाको हालको नीति विपरीत हो। दक्षिण कोरियाली क्षेत्रबाट अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परिचालन भएकोप्रति मून असन्तुष्ट छन्। विगत १० वर्षदेखि सोल र वाशिंग्टनले उत्तर कोरियामाथि प्रतिबन्ध बढाउँदै लगेका छन् र उसलाई एक्ल्याइरहेका छन्। तर मून त्यस्तो चाहँदैनन्।


मून उत्तर कोरियाली शरणार्थीका सन्तान हुन्। सन् १९७० को दशकमा भूतपुर्व राष्ट्रपति पार्क गुन हेका पिता, तत्कालीन सैनिक शासक पार्क चुङ-हीविरुद्ध प्रदर्शन आयोजना गरेकोमा उनलाई जेल सजाय दिइएको थियो। पछि उनले दक्षिण कोरियाको विशेष फौजमा काम गरे र मानव अधिकार अधिवक्ता बने। मध्य वामपन्थी डेमोक्रेटिक पार्टीका मून सन् २०१२ को निर्वाचनमा पार्कसंग पराजित भएका थिए। उनले आफूलाई पार्कको भ्रष्टाचार प्रकरण प्रयुक्त समयबाट देशलाई अघि बढाउने मानिसका रुपमा दर्शाएका छन्।

नेपालसंगको सम्बन्ध : 


सन् २००३ मा रो मु ह्यून  राष्ट्रपति बन्दा रोको मुख्य सल्लाहकार भएर मुन राष्ट्रपति भवन अर्थात ब्लु हाउसमा बसे का थिए । सल्लाहकार पदमा रहंदा नै मुन नेपालको हिमालय दृश्यवलोकन र टे«किङको लागि नेपाल आएका थिए । तर उनी नेपाल मै रहेको बेला रो मु ह्यूनले आत्महत्या गरे   संसदले भ्रष्ट्राचार काण्डमा महाभियोग लगाएर निलम्बन गरेपछि उनले अपमान भएको भन्दै आत्महत्या गरेका थिए  आत्महत्याको खबर सुन्न साथ मुन नेपाल भ्रमणको समय छोट्याएर कोरिया फर्के । भ्रमण छोट्याएर घर फर्केका मुन २००४ मा पुन नेपाल भ्रमणमा आए ।  



 २ बर्ष अघि नेपालमा आएको महाभूकम्पपछि मुन पुन नेपाल आए। उनले त्यस समय भुकम्पग्रस्त स्थलको अवलोकन गरे भने राहत वितरण र उद्दार कार्यमा पनि सक्रिय रहे ।

पटक पटक नेपाल आएका तथा नेपाल प्रति निक्कै चासो लिने मून अहिले कोरिया जस्तो विकसित देशको राष्ट्रपति बन्दा उनको पाँच वर्षे कार्यकालमा नेपालले कोरियाबाट थुप्रै सहयोग र अनुदान लिन सक्मे विश्लेषकहरु बताउछन् ।

नोट: यस अघि शिर्षकमा दक्षिण कोरिया हुनु पर्नेमा उत्तर भएकोले सच्चाईएको छ  । : सम्पादक 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved