चीनमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 11, 2017 | 01:47:42 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनको पश्चिमी क्षेत्रस्थित शिङ्गजियाङ्ग प्रान्तमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट ८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्रकाशमा आएको छ ।  

चिनियाँ समाचार समिति ‘सिन्ह्वा’ का अनुसार भूकम्पमा परी ११ जना घाइते भएका छन् । ५.४ म्याग्निच्यूड मापन गरिएको सो भूकम्प स्थानीय समयअनुसार बिहान ५ः५८ मा गएको हो ।

भूकम्पपछि पराकम्पहरु गइरहेको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम सुरु भइसकेको चिनियाँ अधिकारीहरुको भनाइ छ ।

सन् २००३, फेब्रुअरीमा पनि सो क्षेत्रमा भूकम्प गएको थियो । त्यतिबेला ६.८ तीव्रताको भूकम्पबाट २ सय ६८ जनाको मृत्यु भएको थियो । (एजेन्सी) 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved