धर्मको नाममा आतंकबादको खेल बन्द होस - डोनाल्ड ट्रंप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 08:23:43 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मुस्लिम देशहरुले अतिवादविरुद्धको लडाइँको नेतृत्व लिनुपर्ने बताएका छन्।

आफ्नो पहिलो विदेश भ्रमणका क्रममा शनिबार साउदी अरेबिया पुगेका ट्रम्पले रियादमा मुस्लिम बहुल मुलुकहरुको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफूहरुले अमेरिकी जीवनशैली अरुमाथि थोपार्न नचाहेको बताए।

अमेरिकी दृष्टिकोण शान्ति, सुरक्षा र समृद्धिको भएको उल्लेख गर्दै उनले अमेरिकाको उद्देश्य अतिवाद अन्त्य गर्नुपर्ने धारणा राख्ने मुलुकहरुसँग साझेदारी गर्नु रहेको जिकिर गरे।ट्रम्पले आतंकवादको शिकार हुने ९५ प्रतिशत मानिसहरु मुस्लिम हुने गरेको र सबभन्दा बढी अरब राष्ट्रहरु पीडित भएको बताए।

असल र खराब

आतंकवादविरुद्धको लडाइँबारे प्रकाश पार्दै ट्रम्पले थपे, "आतंकवादविरुद्धको लडाइँ फरक आस्थाहरुबीचको लडाइँ होइन बरु यो असल र खराबबीचको लडाइँ हो।"महासंग्राममा जस्तै विनाश भएको टिप्पणी गर्दै उनले अरब क्षेत्रको आशा आतंकवादको किनारामा कैद भएको जनाए।

आतंकवादलाई निमिट्यान्न पार्न मध्यपूर्वी राष्ट्रहरुले अमेरिकी शक्तिलाई कुर्न नसक्ने भएको भन्दै ट्रम्पले आतंकवादविरुद्धको लडाइँको भार उनीहरुले नै वहन गर्नुपर्नेमा जोड दिए।ट्रम्पले शान्तिपूर्ण वातावरणमा हुर्किन पाउनु हरेक मुस्लिम बालबालिकाको अधिकार भएको उल्लेख गरे।

नयाँ अध्याय

नयाँ अध्याय शुरु भएको उल्लेख गर्दै ट्रम्पले आफू अमेरिकी जनताका तर्फबाट मित्रता र मायाको सन्देश लिएर त्यहाँ पुगेको बताए।सिएनएनका अनुसार ट्रम्पले उनै स्टेफेन मिलरले इस्लामबारे लेखेको भाषण दिएका थिए, जसले मुस्लिम बहुल मुलुकका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने निर्णयको पाठ तयार पारेका थिए।

खासगरी सातवटा मुस्लिम बहुल मुलुकका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने ट्रम्पको प्रयासले इस्लामिक जगतमा व्यापक आक्रोश निम्त्याएको थियो।एउटा अन्तर्वार्तामा भनेका थिए, "मलाई लाग्छ इस्लामले हामीलाई घृणा गर्दछ।" -बिबिसी 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved