म्यानचेष्टरको पप कन्सर्टमा बम बिस्फोट, १९ को मृत्यु, ५० घाइते (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 23, 2017 | 08:18:59 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रिटेनको म्यानचेष्टर शहरमा एउटा पप साङगितिक कन्सर्ट भइरहेको स्थानमा संदिग्ध आतंकवादीहरुले गराएको हुनसक्ने ठानिएको बम बिस्फोटनमा कैयौं मानिसहरु मारिएको प्रहरीले जनाएको छ।

म्यानचेष्टर एरिनामा एक अमेरिकी गायिका एरियाना ग्रान्डीले आफ्नो प्रस्तुती सम्पन्न गर्न लागिरहँदा सो विस्फोट भएको थियो।म्यानचेष्टरको प्रहरीले कम्तीमा १९ जनाको मृत्यु भएको र झण्डै ५० जना घाइते भएको पुष्टी गरेको छ।उक्त घटनालाई आतंकवादी हमलाको रुपमा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

विस्फोट

एक जना प्रत्यक्षदर्शीले उक्त विस्फोटनले आफुलाई कैयौं मिटर पर हुत्याइदिएको बताए।विस्फोटनका कारण भवनहरु हल्लिएका थिए र भग्नावशेषहरु हावामा उडिरहेको भन्दै ती प्रत्यक्षदर्शीले आफुले कैयौं मानिस भुईंमा ढलिरहेको देखेको र त्यसमध्ये केहीले ज्यान गुमाएको हुनसक्ने बताए।

मध्ये म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ।सो क्षेत्रलाई घेराबन्दी गरिएको छ र नजिकै रहेको मुख्य रेल स्टेशनको सम्पूर्ण सेवा अवरुद्ध भएको छ।

प्रत्यक्षदर्शी

घटनास्थलमा रहेका बीबीसी संवाददाता टिम एशबर्नले बमको छर्रा लागेर घाइते भएका केही मानिसहरुको उपचारमा संलग्न स्वयमसेवकहरुसँग कुराकानी गरेका थिए।कैयौं प्रत्यक्षदर्शीहरुले विस्फोटन लगत्तै अन्योलपूर्ण परिस्थिति देखिएको जनाएका छन्।

साङ्गीतिक कार्यक्रम हेर्न आएकी आफ्नी श्रीमती र छोरीलाई लिन गएका एण्डी होलीले भने, "म उनीहरुलाई कुरिरहेको थिएं र त्यसैबेलामा विस्फोटन भयो। म हुत्तिएर करिब ३० फिट परको अर्को ढोका नजिकै पुगें।"

"त्यसपछि उठेर हेर्दा मैले भुईंमा शवहरु देखे, शुरुमा एरेना भित्र गएर मलाई आफ्नो परिवार खोज्न मन लाग्यो, जब मैले उनीहरुलाई भेटाउन सकिन तब म प्रहरीसँगै बाहिर निस्किएं र आफ्नी छोरी र श्रीमतीलाई खोज्दै केही शवहरु पनि हेरें।"

"अन्तत: मैले उनीहरुलाई फेला पारे र उनीहरु सकुशल नै थिए," उनले भने। -बिबिसी 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved