ओपेकको निर्णय पश्चात अन्तराष्ट्रिय सेयर बजारमा नयाँ तरंग, विश्व शेयर बजारमा टर्की बन्यो पहिलो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 25, 2017 | 10:47:27 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व सेयर बजारमा नयाँ तरंग छाएको छ। शीर्ष उत्पादकहरुले केही बर्षका लागि तेल उत्पादनमा कटौती गर्ने निर्णय र अमेरिकामा फेडेरल रिजर्भले ब्याज दर वृद्धि प्रति साबधानी अपनाउन दिएको संकेतले डलरको क्षमता घटेसंगै विश्व सेयर बजारले नयाँ रेकर्ड बनाउन सफल भएको हो। 

विश्व सेयर बजारमा ९८ हजार ३ सय १३ दशमलब ७७ अंक सहित पहिलो स्थानमा टर्कीको प्रमुख शेयर बजार इस्तानबुल स्टक एक्सचेन्ज रहेको छ। बोर्सा स्तानबुल बिस्ट १०० हिजो बुधबार ५९६ दशमलब २९ अंकले बढेर अहिलेसम्म कै उच्च अंक ९८३१३ दशमलब ७७ को उचाईमा पुगेको छ। टर्कीको इन्डेक्स बिस्टले लिएको यो उचाई नै विश्व बजारमा अहिलेसम्मकै उच्च अंक हो।

केहि बर्षका लागि तेल उत्पादकहरु (ओपेक सदस्य राष्ट्र) ले उत्पादनमा कटौती गर्ने निर्णय गर्न सक्ने समाचार बाहिरीएसंगै तेलको मूल्य बढेको छ। एकातर्फ तेलको मूल्य बढ्नु र अर्का तर्फ अमेरिकन फेडेरल रिजर्भले ब्याजदर नबढ्ने संकेत दिएको छ। यसको प्रभाबले अमेरिकी डलर अन्य देशका करेंसिसंगको तुलनामा शुन्य दशमलब ३ प्रतिशतले घटेको छ।

त्यस्तै ब्राजिलको मुख्य सेयर बजार बोभेस्पा ६३२७५ अंक सहित बिश्व सेयर बजारमा दोस्रो स्थानमा रहेको छ। पाकिस्तानको प्रमुख सेयर बजार कराँची-१०० ५२६२८ अंकसहित तेस्रोमा रहेको छ भने चौथोमा रहेको मेक्सिकोको आइपिसी ४९४९४ अंकको उचाईमा रहेको छ।

त्यस्तै हंगेरीको सेयर बजार परिसूचक बुडापेस्ट ३४११५ सहित पाँचौंमा, भारतको प्रमुख सेयर बजार परिसूचक बिएसई ३०३०१ अंकसहित छैटौंमा, हंककंगको बजार परिसूचक ह्यांग सेंग २५६२८ अंक सहित सातौंमा, अमेरिकाको डाउजोन्स ३०' २१०१२ अंक सहित आठौँ स्थानमा र २१३९३ अंक सहित इटालीको सेयर बजार परिसूचक एफटिएससी ९ औ स्थानमा रहेको छ।    

युरोपियन सेयर बजारले (एसटिओएक्सएक्स) बजार खुल्ने बित्तिकै तिब्र रुपमा बढेपनि तुरुन्तै ओरालो बाटो लिएको छ। पान युरोपियन एसटिओएक्सएक्स ६०० इन्डेक्स ((एसटिओएक्सएक्स) शुन्य दशमलब ३ प्रतिशतले घटेर बन्द भएको छ। 

त्यस्तै एसियन सेयर बजार (एमएससीआई) मा दुई बर्ष यताकै उच्च वृद्धि देखिएको छ। एमएससीआई अमेरिकाको एस एण्ड पी पछि करिब १ प्रतिशतले बढेको छ।  यस वृद्धिले एमएससीआईका ४६ राष्ट्रको विश्व स्टक इन्डेक्समा नयाँ रेकर्ड ४६४ दशमलब ३८ प्रतिशतको बढोत्तरी आएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved