भयंकर दुर्घटना: बस र ट्रक ठोक्किँदा झन्डै २ दर्जन यात्रुको जलेर मृत्यु (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 01:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको उत्तरप्रदेशस्थित बरेलीमा बस र ट्रक आपसमा ठोक्किएर आगलागी हुँदा जलेर २२ यात्रीको मृत्यु भएको छ ।  

स्थानीय संचारमाध्यमका अनुसार आइतबार राति सो दुर्घटना भएको हो । दिल्लीबाट गोन्डातर्फ गइरहेको यात्रुवाहक बस विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसँग ठोक्किएको थियो ।

ट्रकसँग ठोक्किनासाथ बसको डिजेल ट्यांकी फुटेर आगो लागेको बताइएको छ ।

उत्तर प्रदेश सरकारले मृतकका परिवारजनलाई दुई लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । त्यसैगरी घाइतेहरुलाई उपचार खर्चबापत जनही ५० हजार रुपैयाँ दिने घोषणा पनि राज्य सरकारले गरेको छ । (एजेन्सी)

हेर्नुस भिडियो  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved