६ मुलुकले कतारसँगको सम्बन्ध तोडेसंगै नेपाली आकाश पनि प्रभावित

कतार जाने लाखौ नेपाली कामदार मारमा
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 04:43:27 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरबको नेतृत्त्वमा ६ मुस्लिम राष्ट्रहरुले कतारसंग कुटनीतिक सम्बन्ध बिच्छेद गरेपछि त्यसको प्रभाब देखिन सुरु भएको छ। कतारसंगको सम्बन्ध बिच्छेद भएसंगै युनाइटेड अरब एमिरेट्स (युएई) को एयरलाइन्स कम्पनी इतिहादले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द गरेको छ। त्यस्तै साउदी अरेबियाको एयरलाइन्सले पनि कतार जाने कुनै पनि यात्रुलाई नबोक्ने भएको छ ।

एयरलाइन्सले एक बिज्ञप्ती जारी गर्दै सोमबार साझंदेखि अर्को सूचना जारि नभएसम्मका लागि उडान बन्द गर्ने निर्णय गरेको छ। यद्दपी टिकेट खरिद गरिसकेका ग्राहकहरुका लागि भने इत्तिहादले बैकल्पिक व्यवस्था गर्ने अथवा टिकट फिर्ताको सुविधा दिने भएको छ। 

इतिहादले काठमाडौंबाट अावुधावी 'स्टप' लिएर दोहाको उडान गर्दै अाएको थियो। उसले काठमाडौंबाट दोहाका लागि दैनिक चार उडान गर्दै अाएको थियो। इतिहाद एयरलाइन्सकी नेपाल प्रमुख पवना श्रेष्ठले भनिन्, 'दोहा जाने यात्रुका सबै टिकटको पैसा रिफन्ड गरिनेछ अथाव उहाँहरुले इतिहादका नजिकैका गन्तव्यहरु जस्तै मस्कट, बहराइन र साउदीमा रिरुट गर्न सक्नुहुनेछ।'

श्रेष्ठका अनुसार फ्लाइट नम्बर २९१ काठमाडौं-अवुधावी/इवाइ ३९१ अावुधावी-दोहासम्मको उडान  सञ्चालन हुनेछ। दोहाबाट अाउने इवाइ ३९४ दोहा-अवुधावीदेखि काठमाडौं इवाइ २९० को उडान हुनेछ।

खाडी संकटसँगै एयरलाइन्स कम्पनीहरुले दोहा उडान रद्द गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीलाई प्रत्यक्ष असर पर्ने भएको छ। अवुधवीबाट इतिहादको दोहाका लागि अन्तिम उडान अाज राति हुनेछ। सो उडान स्थानीय समयअनुसार अनुसार सोमबार राति ९:३५ मा गर्ने एयरलाइन्सले जनाएको छ। यसैगरी दोहाबाट अवुधवीका लागि अन्तिम उडान यीवाइ ३९८ कलसाइन भएको विमानबाट स्थानीय समय अनुसार १०:५० मा हुनेछ।

साउदी नेतृत्त्वमा ६ देशले कतारसंग सम्बन्ध बिच्छेद गरेसंगै त्यसको प्रभाब नेपालमा समेत देखिंदै छ। 'आइतबार रातिदेखि नै दूबई लगायतका देशहरुका लागि टिकट काट्न समस्या आएको छ। ' एक ट्राभल एजेन्सीका अधिकारीले बताए। 

नेपालबाट सिधै कतार जानका लागि हिमालयन एयरलाइन्स, कतार एयरलायन्स, नेपाल एयरलायन्स मात्र उपलब्ध छन्। यद्दपी यी ३ एयरलाइन्स इत्तिहाद लगायतका एयरलाइन्सको तुलनामा केहि महँगो हुने भएकाले समेत नेपालीहरु प्रभावित हुने छन्। त्यस्तै दुवै ट्रान्जिट हुँदै कतार जाने नेपालीहरु अहिले समस्यामा परेका छन। अधिकांश नेपालीहरु नेपाल बिदामा आउँदा दोहोरो टिकेट लिएर आउने भएकाले उनीहरु बढी प्रभावित भएका हुन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved