कतार कूटनीतिक संकट: आइतबार मध्यरात देखि अहिलेसम्मका सबै नयाँ अपडेट (बिशेष रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 08:49:34 PM मा प्रकाशित

laxmi  sunrise bank

साउदी अरब नेत्रित्वमा ६ राष्ट्रले कतारसंग सम्बन्ध बिच्छेदको घोषणा गरेपश्चात विकसित पछिल्लो घटनाक्रम 

कतार संग कूटनीतिक सम्बन्ध कटौती पश्चात उत्पन्न अवस्था र बिकसित घटनाक्रमलाई यहाँ व्याख्या गरिएको छ। साथै कतारसंग कूटनीतिक सम्बन्ध कटौतीपछी रद्द तथा निलम्बन गरिएका उडानहरुको जानकारी प्रस्तुत गरिएको छ।   


४ बजे: टर्कीद्वारा दुख व्यक्त

टर्कीले साउदी नेत्रित्वको ६ राष्ट्र र कतारबीच देखिएको बिबादलाई समाधान गर्न हरेक प्रयास जारि राख्ने बताएको छ। टर्कीका परराष्ट्र मन्त्री मेब्लूट कबुसोग्लुले गल्फ राष्ट्रबीचको विवादलाई सम्बोधन गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा टर्कीले गल्फ राष्ट्रबीच एकता र सौहाद्रपूर्ण सम्बन्ध चाहेको बताए। 


इरानको प्रतिक्रिया: इरानको खाद्यसामाग्री कतार पुग्न १२ घण्टा लाग्छ 

'इरानबाट कतारमा खाना पठाउन मात्र १२ घण्टाको समय लाग्छ' यो भनाई युनियन अफ एक्स्पर्ट ओफ एग्रिकल्चर प्रोडक्टका अध्यक्ष रेजा नौरानीको हो। 

युनाइटेड अरब इमिरेट्सको फुजैराहले कतारको उडानमा रोक लगाइएको प्रतिक्रिया दिएलगत्तै इरानका नौरानीले कतारलाई आफ्नो साथ र समर्थन निरन्तर रहने बताउदै यस्तो प्रतिक्रिया दिएका हुन।     


दिउँसो ३:३० बजे: युएईको पोर्टहरु कतारको जहाजहरुका लागि बन्द गरिएको घोषणा 

दिउँसो ३:३० बजे : इरानद्वारा सम्बादको आब्हान 

इरानका विदेश मन्त्रालयका प्रवक्ता बहर्म घासेमीलाई उदृत गर्दै त्यहाँको विदेश मन्त्रालयले 'स्पष्ट र निहित सम्बाद' गर्न बिबादमा परेका गल्फ राष्ट्रलाई इरानले आग्रह गरेको छ। अरब राष्ट्रमा बढेको चिन्ताले छिमेकि अरब राष्ट्र लगायत समग्र अरब क्षेत्रमा समस्या उत्पन्न हुने इरानले बताएको छ।  


दिउँसो ३:१५ बजे: माल्दिभ्सद्वारा कतारसंगको सम्बन्ध बिच्छेदको घोषणा

कतारको क्रियाकलापले आतंक र अतिबादलाई प्रोत्साहन गरेकाले सम्बन्ध बिच्छेदको घोषणा गरिएको माल्दिभ्सले बताएको छ।  


दिउँसो ३:१० बजे: इजिप्टद्वारा कतारी दुतहरुलाई फिर्ता जान आदेश 

इजिप्टको विदेश मन्त्रालयले कतारी राजदुतहरुलाई ४८ घण्टामा इजिप्टको राजधानी काइरो छोड्न आदेश जारि गरेको छ। त्यस्तै इजिप्टले कतारमा रहेका आफ्ना दुतहरुलाई ४८ घन्टाभित्र कतार छोड्न आदेश जारि गरेको छ।  


दिउँसो २:५० बजे: लिबियाद्वारा कतारसंगको सम्बन्ध तोडिएको घोषणा 


दिउँसो १:३० बजे: सिमानामा खाद्य आपूर्ति रोकियो

खाध्य सामग्री बोकेका ट्रकहरु साउदी सिमानामा रोकिएका छन्। ति ट्रकहरुलाई कतार प्रवेशमा रोक लगाइएको छ।   


दिउँसो १:२० बजे: फिफाद्वारा आफ्नो प्रतिक्रिया जारि  

बिश्व फुटबलको प्रमुख संस्था फिफाले कतारसंग नियमित सम्बाद रहिरहेको प्रतिक्रिया दिएको छ। छोटो वक्तब्य जारी गर्दै फिफाले भनेको छ 'कतार २०२२ स्थानीय व्यवस्थापन समिति र सर्वाच्च समितिसंग फिफा विश्वकप २०२२ संग सम्बन्धित बिषयसंग नियमति सम्बाद जारि राख्ने छौँ' अहिलेलाई हामीसंग अर्को कुनै प्रतिक्रिया छैन, फिफाले भनेको छ।     


दिउँसो १:१५ बजे: मंगलबारदेखि एयर अरेबियाको उडान स्थगित  

 संयुक्त अरब इमिरेट्सको एक सस्तो एयरलाइन्स एयर अरिबियाको उडान मंगलबारदेखि स्थगित गरिने घोषणा गरिएको छ। 'कतार जाने सबै उडान स्थगित गरिएको छ साथै बिबाद जारि रहेका अन्य स्थानमा समेत इमिरेट्स को एयरलाइन आवतजावतमा रोक लगाइएको छ' एयर अरेबियाले भनेको छ।       


दिउँसो १२:१० बजे:

साउदीको उडान सोमबार देखि नै स्थगन 

साउदी अरेबियाको एयरलाइन्सले कतारको राजधानी दोहा जाने सबै उडान स्थगित भएको बताएको छ। साउदिया नामले परिचित एयरलाइन्सले ट्विटर मार्फत अर्को कुनै सूचना बिना नै सोमबारदेखि उडान रद्द गरिएको घोषणा गरेको छ।   


११ बजेर ५ मिनेट जाँदा

फ्लाई दुवईको उडान रद्द गरिएको घोषणा

 

१० बजेर ४५ मिनेट जाँदा 

यमनद्वारा कतारसंगको सम्बन्ध अलग भएको घोषणा 


१०:२० बजे 

इमिरेट्सद्वारा मंगलबारदेखि उडान रद्द गरिएको घोषणा 


१० बजे

अमेरिकाद्वारा गल्फ राष्ट्रबीचको एकता अनिवार्य भएको घोषणा 

अमेरिकाले जारि बिबादलाई समाधान गरेर गल्फ मुलकबीच एकता कायम गर्नु पर्ने बताएको छ। कतारमा अमेरिकाको मध्य पुर्वकै ठुलो आर्मी क्याम्प रहेको छ।   


९:५५ बजे

कतारद्वारा आफ्नो आधिकारिक धारणा व्यक्त 

कतारले साउदी नेतृत्त्वका ६ राष्ट्रले आफुसंग सम्बन्ध बिच्छेद गर्नुको कुनै बैध स्पष्टिकरण नभएको बताएको छ। साउदी लगायतका देशको सम्बन्ध बिच्छेदको घोषणालाई कतारले 'कतारको सार्वभौमिकताको उल्लङ्घन' को संज्ञा दिएका छन। साथै कतारले यस बिबादक कारण आफ्ना नागरिकलाई कुनै असर नपर्ने प्रतिबद्दता जनाएको छ।    



८:३५ बजे:

इतिहादद्वारा मंगलबारदेखि उडान स्थगित गरिएको घोषणा 

इत्तिहादले अर्को निर्णय नआउँदा सम्म मंगलबारदेखि उडान निम्लबन रहने बताएको छ। दुबईको लोगो बोकेको यस एयरलाइन्सले उडान स्थगन गरिनुको ठोस कारण बताएको छैन। 


६:१० बजे 

दुबई, इजिप्टद्वारा कतारसंगको सम्बन्ध बिच्छेदको घोषणा 



५:५० बजे 

बहराइनद्वारा कतारसंगको सम्बन्ध बिच्छेदको घोषणा  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved