कतार,साउदी र दुबईको सेयर बजारमा खाडी संकटको उच्च प्रभाव, ७ राष्ट्रलाई अरबौं डलरको नोक्सानी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 06, 2017 | 09:58:10 AM मा प्रकाशित

laxmi  sunrise bank

कतार कूटनीतिक संकटको दरार त्यहाँको आर्थिक क्षेत्रमा देखिन सुरु भएको छ। साउदी नेतृत्त्वमा ७ राष्ट्रहरुले कतारसंग सम्बन्ध बिच्छेद गर्दै कतारका लागि भुमि र आकाशको रुट बन्द गरिएको घोषणा गरेका छन। यस घोषणाले छिमेकी सहित कतारले समेत अरबौं डलरको नोक्सानी बेहोर्नु पर्ने छ।

सेयर बजार 

आइतबार साउदी नेतृत्त्वमा ७ मुलुकले कतारसंगको राजनीतिक सम्बन्ध तोडिएको घोषणा गरे लगत्तै त्यसको प्रभाब त्यहाँको सेयर बजारमा देखिएको छ। सोमबारको कारोबारमा कतारको स्टक मार्केट मात्रै एकै दिन ७ दशमलब ६ प्रतिशतले घटेको छ। कतार र अन्य ७ छिमेकी अरब राष्ट्रबीचको कुटनीतिक संकट कतार सहितका ती ७ मुलुकलाई समेत महँगो साबित हुने देखिन्छ।

कतारको मुख्य स्टक एक्सचेन्ज ७ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ। त्यस्तै दुबई स्टक एक्सचेन्ज शुन्य दशमलब ७ प्रतिस्थ र साउदी इन्डेक्स पनि करिब शुन्य दशमलब ५ प्रतिशतले घटेको छ। त्यस्तै कतार स्टक मार्केटमा कारोबारमा रहेका कुल कम्पनीहरु मध्य साउदी र अन्य गल्फ राष्ट्रका कम्पनीको संख्या ५ देखि १० प्रतिशत रहेको छ। यसले पनि कतारसंगको कुटनीतिक सम्बन्धको प्रभाब कतार स्टक एक्सचेन्जमा अत्यधिक नहुने विश्लेषण गरिएको छ। 

कतारको बलियो अर्थतन्त्र संकटमा लड्न सक्ने आधार  

कतारको मुख्य सिमाना जोडिएको साउदीले जल, थल र आकाशको सिमाना बन्द गरिदिएको छ। यस निर्णयले कतारमा महंगी बढ्ने निश्चित छ भने त्यहाँको ब्यापार, लगानी र तेलको मूल्यमा समेत प्रभाब पर्ने छ। 

कतारसंग अनुमानित ३ सय ३५ बिलियन डलरको सार्वभौम सम्पति कोष रहेको छ। यसलाई आधार मान्ने हो भने साउदी नेतृत्त्वसंगको कूटनीतिक सबंधबाट कतार जोगिन सक्ने देखिन्छ। साउदी नेतृत्वमा इजिप्ट, संयुत अरब इमिरेट्स, बहराइनले कतारका लागि जल, थल र आकाश बन्द गरिएको घोषणा गारिसकेका छन। यद्दपी संयुक्त अरब इमिरेट्सले भने कतारका लागि समुन्दी बाटो प्रयोग गर्न दिने नदिने भन्ने बार स्पष्ट खुलाएको छैन। कतारका लागि उक्त बाटो सामान आयातका लागि महत्वपूर्ण मानिन्छ।      

कतारले हालै मात्र निर्माण गरेको बन्दरगाह मार्फत प्राकृतिक ग्यास निर्यातलाई निरन्तरता दिन सक्ने देखिन्छ। यहि अप्रिलसम्म कतारको व्यापार नाफा २ दशमलब ७ बिलियन डलर रहेको छ। समुन्द्री बाटो हुँदै साउदीमार्फत सामान निर्यात गर्ने बाटो अहिले कतारका लागि बन्द गरिएको छ। यद्दपी कतारका लागि बढी निर्यात गर्ने राष्ट्रमा बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन।     

कतारको अवस्था 

त्यस्तै कतारमा सुपरमार्केटमा यस अघिको भन्दा फरक गतिबिधि देखिएको छ। छिमेकी राष्ट्रबाट कतारसंगको कुटनीतिक सम्बन्ध बिच्छेदको घोषणा लगत्तै कतारबासीहरु अत्यावश्यक दैनिक प्रयोगका सामान खरिदमा हतार गरेका छन। 

अब के हुन्छ भन्ने डरले त्यहाँका बासिन्दाहरुले सकेसम्म बढी भन्दा बढी सामान खरिद गरेका छन। जस कारण सुपरमार्केटमा अनौठो तरिकाले खाद्य सामाग्रीको माग ह्यात्तै बढेको छ। गल्फ राष्टबीच मात्र १ हप्ता अवधिको ब्यापार तथा लगानीको सहमति हुने गरेकाले त्यहाँका बासिन्दाहरुले त्यसपछि खाद्य सामग्री अभाब हुन सक्ने अनुमानमा अहिले नै स्टकमा सामान राख्नका लागि अत्यधिक खरिद गरिरहेका छन।   

सुपर मार्केटका साथ साथै मनी एक्सचेन्ज र बैंकहरुमा समेत मानिसहरुको भिड बढेको छ। अलजजिराले त्यहाँका बैंक अधिकारीहरुले अन्य दिनमा भन्दा फरक अनुभूति गरेको र पैसा झिक्नेको चाप अत्यधिक बढेको समाचार लेखेको छ।  

गल्फ राष्ट्रमा संयुक्त अरब इमिरेट्स कतारको लागि ठुलो व्यापारिक साझेदार छिमेकी हो तर समग्रमा व्यापारिक साझेदारमा पाँचौ स्थानमा रहेको छ। यसले पनि कतारमा खाद्य सामग्री आयतका लागि अभाब नहुने कतारी अधिकारीहरुले बताएका छन। 


बैंकिङ क्षेत्रमा खाडी संकटको असर 

कतारसंगको कुटनीतिक संकटको प्रभाब कतारमा मात्रै नभई त्यस क्षेत्रमा नै पर्नेमा त्यहाँका बिदेशी बैंकहरुले चिन्ता ब्यक्त गरेका छन। यो संकटको अवधि लम्बियो भने त्यस क्षेत्रका मानिसहरुमा कर्जा प्रवाह र मनी सप्लाई बढ्ने र यसको असर सबै गल्फ राष्ट्रहरुमा पर्ने त्यहाँका बिदेशी बैंकहरुले चेतावनी दिएका छन।      

साउदी अरब, संयुक्त अरब इमिरेट्स र बहराइनले यस अघि सन २०१४ मा कतारबाट ८ माहिनासम्म आफ्ना राजदुत फिर्ता बोलाएका थिए। त्यो समयमा यी राष्ट्रहरुले सिमाना बन्द गर्ने (नाका बन्द गर्ने) निर्णय नगरेकाले त्यसको प्रभाब त्यहाँको आर्थिक क्षेत्र र अर्थतन्त्रमा परेको थिएन। तर अहिलेको अवस्था भने बिगत भन्दा बिल्कुल फरक देखिएको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved