११६ यात्रु बोकेको सैन्य बिमान सम्पर्क बिहिन भएको छ । म्यानमारको सैनिकको बिमान मियाक र यांगोंन शहरको बीचमा सम्पर्क बिहिन भएको बताईएको छ ।
त्यहाँका आर्मी प्रमुखका अनुसार बुधबार स्थानीय समय १:३५ मा बिमान सम्पर्क बिहीन भएको हो ।
विमानमा चालक दलका ११ सदस्य सहित ११६ सवार थिए । बिमानको खोजि कार्य जारि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।
घटनाको थप विवरण आउँन बाँकी छ ।