बुधबार हराएको बिमान समुन्द्रमा खसेको पुष्टि, बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

३ शव, बिमानको केहि भग्नावशेष र लगेजहरु फेला
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 08, 2017 | 12:28:16 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार हराएको म्यानमारको सैनिकको बिमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सेनाले स्थानीय समय अनुसार बिहान ८ बजे विमानका केही भाग र दुई वयस्क तथा एक बालकको शव फेला परेको जनाउदै बिमान दुर्घटनाग्रस्त भएको पुष्टि गरेको हो   । सेनाले लाइफ ज्याकेट र लगेजहरू पनि छरिएर रहेको अवस्थामा भेटिएको जनाएको छ  । 


११६ यात्रु बोकेको सैन्य बिमान बुधबार म्यानमारको बिमान मियाक र यांगोंन शहरको बीचमा सम्पर्क बिहिन भएको थियो ।  विमानमा चालक दलका ११ सदस्य सहित ११६ सवार थिए । जसमा १५ बालबालिका थिए  ।


बिमानको खोजि कार्य जारि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् । जलसेनाका नौ जहाजहरू र तीन विमानले अन्दमान सागरमा विमानको खोजी गरिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved