कतारबिरुद्दको प्रतिबन्ध हटाउन अमेरिकाको आग्रह

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 10, 2017 | 12:19:32 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले कतारबिरुद्दको नाकाबन्दीलाई सहज गराउन गल्फ राष्ट्रहरुलाई आग्रह गरेका छन। चरमपन्थी समुहलाई आर्थिक सहयोग गरेको आरोपमा कतार बिरुद्द गरिएको 'नाका बन्दि'लाई सहज बनाउन अमेरिकाले गरेको आग्रहलाई महत्त्वका साथ हेरिएको छ। 

साउदी अरबको नेतृत्त्वमा संयुक्त अरब इमिरेट्स, इजिप्ट, बहरानले कतारसंग राजनीतिक, कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको ५ औ दिनमा अमेरिकाले यस्तो आग्रह गरेको हो। यस अघि अमेरिकाले कतारसंग सम्बन्ध बिच्छेद गरेका ७ मुलुक र कतारले चाहे आफुले मध्यस्तकर्ताको भूमिका निर्वाह गरिदिने भनि वासिंगटन डिसी आउन दिएको निम्तोलाई कतारले सिधै अस्विकार गरिदिएको छ। 

अहिले सिर्जना भएको संकटका कारण विदेश नीति परिवर्तन नगर्ने कतारको अडान पश्चात अमेरिकाले कतार बिरुद्दको नाकाबन्दी सहज गराउन आग्रह गरेको हो। साउदी नेतृत्त्वमा ७ अरब राष्ट्रले गत सोमबारदेखि कतारसंगको सम्बन्ध बिच्छेद भएको घोषणा गरेका हुन।

टिलरसनले नाकाबन्दी कतारलाई घेराउ गर्न गरिएको मानविय नतिजा भएको बताएका छन। चरमपन्थी समुहलाई आर्थिक सहयोग नगरेको कतारको प्रतिक्रियालाई प्रशंसा गर्दा अमेरिकी विदेश मन्त्री टिलरसनले कतारलाई अझ धेरै सुधार गर्न बाँकी रहेको बताएका छन। तर कतारले भने आफुले नाकाबन्दी गर्ने निर्णय गरेका ७ अरब राष्ट्रले भने झैँ कुनै पनि चरमपन्थी समुहलाई आर्थिक सहयोग नगरेको बताउदै आएको छ।      

तेल र ग्यासको धनी राष्ट्र कतारसंगको सम्बन्ध बिच्छेद गर्ने र अलग्ग्याउने निर्णय सुखद नभएको टिलरसनको भनाई छ। कतारसंग सम्बन्ध अलग भएको घोषणा गरेका ७ मुलुकको आकाश र हवाई स्थलमा कतारको जहाज उडानमा प्रतिबन्ध लगाएका छन। त्यति मात्र नभई उनीहरुले आफ्ना नागरिकलाई २ हप्ताभित्र कतार छोड्न निर्देशन दिएका छन। यता कतारले पनि ती ७ मुलुकबाट फिर्ता हुन् आफ्ना नागरिकलाई निर्देशन दिएको छ। 

'हामीले कतारमा खाध्य सामाग्रीको अभाब देखेका छौं। परिवारहरु बाध्यात्मक रुपमा अलग्गिएका छन। बिद्यार्थीहरु स्कुल कलेज जान बन्चित छन।' टिलरसनलाई भनाईलाई कोट गर्दै बिबिसीले लेखेको छ।     

आज शुक्रबार मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले इजिप्ट सहितका अरब राष्ट्रहरुबीचको सम्बन्ध सुमधुर हुनु पर्नेबारे कतार तथा इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल सिसिसंग छलफल गरेको बिबिसीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved