इस्लामिक स्टेट अमेरिकाले बनाएको इरानको दाबि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 09:05:47 AM मा प्रकाशित

laxmi  sunrise bank

इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले अमेरिकाको कारण मध्य पुर्वमा अस्थिरता आएको आरोप लगाएका छन। सर्वोच्च नेता खामेनीले  अमेरिका 'आतंककारी देश' भएकाले उसंग सामान्य सम्बन्ध असम्भव भएको बताएको अलजजिराले जनाएको छ।

इस्लामिक स्टेट इराक र इस्लामिक स्टेट लिबिया बिरुद्द लडेको भन्ने अमेरिकाको भनाई झुटो भएको खामेनीको दाबि छ। सोमबार इरानका उच्च अधिकारीहरुसंगको कुराकानीमा खामेनीले भने, 'तिमि (अमेरिका) र तिम्रो एजेन्टहरु नै मध्य पुर्वको अस्थीरताको मूल स्रोत हुन, इस्लामीक स्टेट कसले बनायो ? अमेरिका, इस्लामीक स्टेट बिरुद्द लडेको भन्ने अमेरिकाको दाबि सरासर झुट हो'

इरानको १९७९ को इस्लामिक क्रान्ति पश्चात अमेरिका र इरानबीच राजनीतिक र कुटनीतिक सम्बन्ध बिच्छेद भएको हो। खामेनीले पछिल्लो पटक अमेरिका बिरुद्द कडा टिप्पणी गर्दै आएका छन। रमजान महिनाको सुरुवातसंगै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले इरान बिरुद्द दिएको प्रतिक्रियालाई लिएर खामेनीले कडा आपत्ति जनाउदै आएका छन।     

इरानले अमेरिका र क्षेत्रीय छिमेकी राष्ट्र साउदीले अतिबादी समुह आएसआइएल र इस्लामिक स्टेटलाई सहयोग गर्दै आएको आरोप लगाउदै आएको छ। तेहरानमा भएको बम बिस्फोटनमा पनि साउदीको संलग्नता भएको इरानको आरोप रहेको छ। उक्त बिस्फोटनमा परि १७ इरानीको मृत्यु भएको थियो। यद्दपी इरानको यो आरोपलाई साउदीले अस्विकार गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved