पश्चिमी लन्डनको अपार्टमेन्टमा ठुलो आगलागी, कयौं मानिसहरु फसेको अनुमान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 10:23:08 AM मा प्रकाशित

laxmi  sunrise bank

लन्डनको चर्चित २७ तले गरेंफेल टावरमा बुधबार बिहान आगो लागेको छ। आगो लागि भएलगत्तै घटनास्थलमा ४० दमकल र २ सय दमकलकर्मी आगो नियन्त्रणको प्रयासमा रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन। 

ग्रेनफेल टावर अपार्टमेन्टमा कयौं मानिसहरु फसेको अनुमान गरिएको छ। सुरक्षाकर्मीहरुले अपार्टमेन्ट नजिकका सडकहरु बन्द गरेका छन। आगो लागिको अवस्था डरलाग्दो भएकाले अपार्टमेन्ट ढल्ने आशंका गरिएको छ। 

एजेन्सीहरुका अनुसार दोस्रो तलाको फ्ल्याटबाट आगो सल्किएको हो। बुधबार बिहान अचानक आगो लागेसंगै मानिसहरुलाई अपार्टमेन्ट बाहिर निकाल्न समेत समय नमिलेको जनाइएको छ। अहिलेसम्म भएको धनजनको क्षति विवरणबारे केहि जानकारी बाहिर आएको छैन। 

लन्डन फायर बिग्रेडका एसिस्टेन्ट कमिश्नरले डेली मेललाई जानकारी दिए अनुसार राहत र बचाउ कार्य जारि रहेको छ। घटनास्थलमा एम्बुलेन्स पनि पठाइएको उनले बताएका छन।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved