अमेरिकाका रिपब्लिकन सांसद र उनका सहयोगी माथि अन्धाधुन्ध गोलि प्रहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 09:41:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको भर्जिनियामा रिपब्लिकन सांसद र उनको सहयोगी माथि गोलि चलाइएको छ। भर्जिनियामा बेस बलको एक अभ्यास खेलको क्रममा रिपब्लिकन सांसद स्टिब स्कलिस माथि एक बन्दुकधारीले अन्धाधुन्ध गोलि चलाएको अलजजिराले जनाएको छ। 

बन्दुकधारीको गोलिबाट रिपब्लिकन सांसद स्टिब स्कलिस, उनका सहयोगी र अन्य ५ जना घाइते भएका छन। समाचार एजेन्सी एपी न्युजका अनुसार शंकास्पद बन्दुकधारीको पहिचान खुलेको छ। जेम्स टि होडकिन्सन नाम गरेको व्यक्तिले गोलि चलाएको त्यहाँको सरकारी अधिकारीलाई उद्धत गर्दै अलजजिराले जनाएको छ।

रिपब्लिकन र डेमोक्रेटस सांसद बीच भोलि हुन् गरिरहेको खेलको तयारीमा अभ्यास खेलको क्रममा गोलि चलेको हो। बन्दुकधारीले सामान्य राइफल प्रयोग गरेकाले ठुलो क्षति हुन नपाएको प्रत्यक्षदर्शीले बताएका छन।  

स्टिब स्कलिस रिपब्लिकन प्रतिनिधिहरुको नेतृत्व घरमा तेस्रो ओहदाका सांसद रहेको बताइएको छ। गोलि लागी घाइते भएका ५ जनालाई अस्पताल लगिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved