बहुतले भवनमा लागेको आगोमा परी १२ को मृत्यु, १८ जना गम्भीर घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2017 | 10:53:00 AM मा प्रकाशित

laxmi  sunrise bank पश्चिमी लण्डनको एक बहुतले भवनमा लागेको आगोमा परि मारिनेको संख्या १२ पुगेको छ। प्रहरीले अझै त्यो संख्या बढ्न सक्ने बताएको छ। सत्तरीभन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये १८ जना गम्भीर अवस्थामा छन्।

उत्तरी केन्जींगटनको ग्रेनफेल टावरबाट अग्नि नियन्त्रकहरुले ६५ जनाको उद्धार गरेका छन्। प्रत्यक्षदर्शीहरुले मानिसहरु त्यहाँ फसिरहेको र कतिपयले ज्यान जोगाउने प्रयासमा झ्यालबाट हाम फालेको बताएका छन्।प्रधानमन्त्री टरिजा मे ले उक्त आगलागीबारे पूर्ण छानविन हुने र कुनै पाठ सिक्नुपर्ने देखियो भने त्यो सिकिने बताएकी छन्।

आधा रातमा आगलागी हुँदा उक्त भवनमा सयौं मानिस रहेको हुन सक्ने बताइन्छ।चौबिस तले सो भवनमा १२७ वटा फ्ल्याट थिए। बिबिसीका अनुसार सन् २०१६ मा त्यहाँ मर्मत सम्भार गरिएको थियो।

सो घटनापश्चात ब्रिटेनमा अब हालै मर्मत सम्भार भएका त्यस्ता भवनहरुमा सुरक्षा जाँच गरिने भएको छ। उक्त आगलागीबाट बच्न सफल कतिपयले भवनको बाहिरी संरचना वरपर लगाइएको क्ल्याडिङ्गका कारण आगो चाँडो फैलिएको हुन सक्ने बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved