चीनको एक प्राथमिक विद्यालयमा आक्रमण हुँदा सात जनाको मृत्यु, ६६ घाइते

रासस

रासस

Jun 15, 2017 | 08:01:35 PM मा प्रकाशित

laxmi  sunrise bank

चीन, १ असार । पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीवार विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका स्थानीय प्रशासनले जनाएको छ । 

जियाङ्सु प्रान्तका फेङ्सियन प्रदेशको प्रशासनले विष्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समय अनुसार दिउसो ४ः५० बजे भएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ । 

चीनको केन्द्रिय टेलिभिजनले दुई जनाको घटनास्थलमा र अन्य पाँच जनाका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । अस्पताल स्रोतले दिएको जानकारी अनुसार घाइतेमध्ये साँझ ७ः४५ बजेसम्म नौ जनाको अवस्था गम्भीर रहेको छ । 

घटनामा कतिजना बालबालिका परेका थिए भन्ने बिषयमा केही खुल्न सकेको छैन । रासस 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved