लण्डनको अर्पाटमेन्टमा लागेको आगलागीमा परि मृत्यु हुनेको सङ्ख्या सत्र पुग्यो, पैँतिस अझै वेपत्ता

रासस

रासस

Jun 15, 2017 | 08:52:41 PM मा प्रकाशित

laxmi  sunrise bank

एक जना चर्चित फोटोग्राफर, ६ महिने एउटा बच्चा र इटालीका चित्रकारको एउटा जोडी सहित दर्जनौं व्यक्तिहरु लण्डनको २४–तले भवनमा लागेको आगलागीमा परी हराइरहेका छन् । 

घटनामा परी अहिले सम्म कम्तिमा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेकोे छ भने मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने प्रहरी अधिकारीले बताएका छन् । 

बुधबार बिहानीपख २४ तले ग्रेनफेल टावरमा लागेकोे आगलागीका कारण झण्डै ३५ जना अझै हराई रहेका विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालले जनाएका छन् । 

फाराह हाम्दान, उहाँको श्रीमान् ओमार बेल्काडी र उहाँहरुको छ महिने छोरीका बारेमा अहिले सम्म पनि केही थाहा पाउन नसकिएको फाराहका बुबा रकिअले बताउनु भयो । 

“हामी सवै अस्पतालमा छौं, हामीले सवै समय उनीहरुलाई खोजिरहेका छौं, तर अहिले सम्म पनि उनीहरुलाई पाउन सकिरहेका छैनौं,” उहाँले भन्नुभयो । 

उहाँको छ बर्ष र १० बर्षका अरु छोरीहरु पनि रहेका छन् तर उनीहरुलाई अस्पतालमै भेटिएको छ । 

घटनामा परी बेपत्ता भएका मध्ये २७ बर्षिय माक्रो गोर्टाडी र ग्लोरी ट्रेभिसानको इटालीको एउटा जोडी पनि रहेको छ । उनीहरुको मृत्यु नै भएको हुन सक्ने उहाँहरुको आफन्तले अनुमान गरेका छन् । उनीहरु चित्रकार थिए । गत तीन हप्ता अगाडी मात्रै उनीहरु लण्डन आएको आफन्तहरुको भनाई छ । 

“आगलागीमा परी हाम्रो देशका दुई जना नागरिक बेपत्ता भएका छन्,” इटालीको विदेश मन्त्रालयका अधिकारीहरुले बताएका छन् । 

इटालीको एउटा समाचारपत्रले लेखेको छ, “गोर्टाडीले आफ्नो बुबासँग कुराकानी गरिरहेका बेला धुवा बढ्दै गइरहेको बताउनु भएको थियो, त्यही बेला फोन सम्पर्क विच्छेद भयो । ”  त्यो जोडीे भवनको २३औ तलामा बस्ने गरेको थियो । 

आवासीय भवनमा आगलागीमा परी दर्जनौँ घाइते भएका र ५० व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको छ । 

उद्वारकार्य जारी रहेको र सो भवनभित्र करिब २०० जनाले बसोबास गर्दै आएको अनुमान गरिएको छ, तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बसोबास गर्ने व्यक्तिको सङ्या २०० भन्दा बढी रहेको थियो । 

प्रहरीका अनुसार सयौँको सङ्रख्यामा बसोबास गरिरहेका कैयौँ व्यक्ति थुनिएर रहेको आशङ्का गर्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ । आगलागीको कारण अझै प्रष्ट नभएको र अनुसन्धान जारी रहेको जनाइएको छ । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved