'उ ठुलो स्वरमा भन्दै थियो, म सबै मुस्लिमलाई मार्न चाहन्छु'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 19, 2017 | 07:16:14 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्तरी लन्डनमा फिंसबरी पार्क मस्जिद नजिक एक भ्यान पैदल हिडिरहेका मानिसलाई ठक्कर दिदै अगाडी बढ्यो। प्रहरीले उक्त घटनामा एकको 

मृत्यु र ८ घाइते भएको बताएको छ। 

सेवेन सिस्टर रोडमा भएको यस घटनामा भ्यान ड्राइभरलाई पक्राउ गरिएको छ। महानगर प्रहरीले स्थानीय समय अनुसार रातको करिब १२ बजेतिर प्रहरीलाई यस घटनाबारे जानकारी दिएर घटनास्थलमा बोलायो। 

घटनाका प्रत्यक्षदर्शी खालिद आमिनले बिबिसीलाई भने 'भ्यान जानी जानी दाहिने तर्फ मोडिएर मानीसहरुलाई कुचल्न थाल्यो। भ्यान भित्र २ जना थिए। जसमध्य एकलाई स्थानीयले नियन्त्रणमा लिए तर दोस्रो व्यक्ति सबै मुसलमानलाई मार्न चाहन्छु भन्दै चिल्लाउदै थिए तर उ भाग्न सफल भयो।'

प्रधानमन्त्री टेरिजा मे ले प्रहरीले यस घटनालाई चरमपन्थी आक्रमणको रुपमा लिएको संचारमाध्यमलाई जानकारी गराएकी छिन। त्यस्तै लन्डनका मेयर सादिक खानले यसलाई सबैको मूल्य मान्यतामाथि आक्रमण भएको बताएका छन। 

मुस्लीम काउन्सिल ब्रिटेन (एमसीबी) ले भ्यान ड्राइभरले जानी जानी मानिसहरुलाई ठक्कर हानेको प्रतिक्रिया दिएको छ। प्र्त्यक्षदर्शीले यस क्षेत्रमा रमजान महिनाका कारण साँझ मुस्लिमहरु नमाज पढ्न आउंदै गरेकाले अत्यधिक ब्यस्तता रहेको जानकारी दिएका छन।  

यस अघि पनि तीन जुनमा लन्डन ब्रिजमा र त्यसको निकट क्षेत्रमा मानिसहरु माथि आक्रमण भएको थियो। यस घटनालाई प्रहरीले चरमपन्थी आक्रमण भनेको थियो। 

उक्त क्षेत्रमा आक्रमण भएपश्चात अहिले त्यसक्षेत्रमा आपतकालिन सेवाहरु उपलब्ध गराइएको छ। यस घटनालाई कैद गरिएको भिडियोमा मानिसहरुले घाइतेहरुलाई सहयोग गरिरहेका छन। -बिबिसी 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved