भिषण पहिरोले पहाड नै बगाउँदा २ किलोमिटर नदि थुनियो, १०० बढी बेपत्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 24, 2017 | 11:59:26 AM मा प्रकाशित

laxmi  sunrise bank दक्षिण-पश्चिमी चीनको सिचुवान प्रान्तमा गएको भीषण पहिरोमा १०० जना भन्दा बढी पुरिएको आशंका गरिएको छ। माओसियन काउन्टीको एउटा गाउँमा पहाडको एक हिस्सा खस्दा ४० वटा घर ध्वस्त भएको बताइएको छ।

त्यहाँको सरकारी सञ्चारमाध्यम अनुसार हराइरहेका मानिसहरुको खोजी कार्य जारी छ। पिपुल्स डेली समाचारपत्रको तस्वीरमा उद्धार कार्य जारी रहँदा ठुला डोजरहरुले भग्नावशेष र ठूला ढुङ्गाहरु हटाइरहेको देखिन्छ।

स्थानीय अधिकारीहरुलाई उद्धृत सिन्हुआ समाचार संस्थाले पहिरोका कारण दुई किलोमिटर जति नदी थुनिएको जनाएको छ। ठूलो वर्षाका कारण पहाडको एक हिस्सा खस्दा पहिरो गएको बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved