रात्रिकालिन क्लबमा अन्धाधुन्ध गोलि चल्दा २५ भन्दा बढी घाइते

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 01, 2017 | 11:24:12 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको अर्कानसासको एक क्लबमा अन्धाधुन्ध गोलि चल्दा २८ भन्दा बढी घाइते भएका छन। शनिबार मध्यरातमा लिटिल रक नामक एक रात्रिकालिन क्लबमा अन्धाधुन्ध गोलि चल्दा २५ जनालाई गोलि लागि गम्भीर र ३ जना सामान्य घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ। 

गोलि लागेका मध्य एक जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीलाई उद्द्त गर्दै सिएनएनले समाचार लेखेको छ। घाइते हुनेहरुमा १६ बर्षदेखि २० बर्षका उमेर समूहका रहेका छन। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार गरिएको जनाइएको छ।  

'यो घटना कुनै पेशेवर वा अतिवादी समुहमा आबद्द व्यक्तिले घटाएको भन्नेमा हामीलाई बिश्वास छैन। घटनाको प्रकृति हेर्दा क्लबमा युवायुवतीहरुबीच बिबादका कारण गोलि चलेको देखिन्छ'लिटिल रक प्रहरी बिभागले ट्विट गरेको छ।   

अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन। रक्सि, चुरोट, हातहतियार र बिस्फोटक सम्बन्धित घटना हेर्ने एक संस्थाले लिटिल रक प्रहरीलाई घटनाको छानबिनमा सहयोग गर्ने जनाइएको छ।

अर्कानसास क्यापिटलको उक्त रात्रिक्लबमा भएको घटना प्रति संवेदना प्रकट गर्दै त्यहाको राज्य सरकारले घटनाको छानबिनमा कुनै कसर बाँकी नराख्ने बताएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved