बढ्दो तनाव माझ उत्तर कोरियाद्वारा फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 04, 2017 | 12:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank उत्तर कोरियाले 'सी अफ जापान' मा अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। परीक्षण गरिएको क्षेप्यास्त्रको प्रकृतिबारे थप थाहा हुन नसकेको बताइएको छ।

उत्तरी प्योङगान प्रान्तबाट स्थानीय समय अनुसार बिहान ९ बजेर ४० मिनेटमा क्षेप्यास्त्र परीक्षण गरिएको दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै योन्हाप समाचार संस्थाले जनाएको छ। जापानले दावी गर्दै आएको जलक्षेत्रमा क्षेप्यास्त्र खसेको त्यहाँको रक्षामन्त्रीलाई उद्धृत गर्दै जापानको एनएचके न्यूजले जनाएको छ।

प्योङयाङले क्षेप्यास्त्र परीक्षण गरेको केही समयअघि मात्रै संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूतले शक्ति राष्ट्र तथा उत्तर कोरियाबीचको तनाव अन्त्य नभए भयावह परिणाम निम्तिन सक्ने चेतावनी दिएका थिए।

जी २० सम्मेलनका लागि विश्व नेताहरु जर्मनीमा भेला हुन लागेको केही दिनअघि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको खबर सार्वजनिक भएको छ। सो खबरपछि दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले देशको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्।

हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको पारमाणविक कार्यक्रमप्रतिको चीनको नरम रवैयालाई लिएर आफ्नो धैर्यको बाँध टुट्न लागेको प्रतिक्रिया दिएका थिए। उनले अरु देशले साथ नदिए पनि उत्तर कोरियाली खतरासँग अमेरिकाले एक्लै जुध्ने बताउँदै आएका छन्।

यसअघि सोमबार मात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना चिनियाँ समकक्षी शी जिनपिङसँगको टेलिफोन वार्तामा उत्तर कोरियाबारे छलफल गरेका थिए।

दुवै नेताले कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्रविहीन बनाउने प्रतिबद्धता दोहोर्याएका थिए। गत साता दक्षिण कोरियाली राष्ट्रपति मूनले ट्रम्पसँग भेटवार्ता गरेका थिए। सो क्रममा उनीहरुले प्योङयाङलाई "दृढ जवाफ" दिने चेतावनी दिएका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved