टुरिजम डेभलपमेन्ट बैंकको लिलाममा राखिएको सेयरको बोलपत्रको नतिजा आज सार्वजनिक हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 20, 2017 | 06:33:04 PM मा प्रकाशित

laxmi  sunrise bank बिहीबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टिका उम्मेदवार रामनाथ कोविंद भारतका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्।

भाजपा तथा उसका गठबन्धन सहयोगी एनडीएका दलहरुको समर्थन प्राप्त कोविंदले विपक्षी कंग्रेस र उसका सहयोगी दलहरुको समर्थन प्राप्त उम्मेदवार मिरा कुमारलाई ठूलो मतान्तरले हराएका छन्।

कोविंद र कुमार दुवै दलित समुदायका हुन्।

कोविंद दलित समुदायबाट भारतको राष्ट्रपति पदमा निर्वाचित हुने दोस्रा व्यक्ति हुन्।

के आर नारायणन दलित समुदायबाट भारतका पहिलो राष्ट्रपति चुनिएका थिए। उनी आफ्नो कार्यकालमा प्रभावशाली मानिएका थिए।

कोविंदलाई भाजपाले राष्ट्रपतिको उम्मेदवारको रुपमा प्रस्तुत गर्नुअघि उनका बारेमा धेरैले सुनेका थिएनन्।

उम्मेदवारको रुपमा मनोनित हुँदा उनी बिहार राज्यको राज्यपालको पदमा थिए।

भारतको संविधान अनुसार राष्ट्रपतिको पद आलंकारिक मात्र हो।

राष्ट्रपतिले सरकारलाई सरसल्लाह दिन वा बढीमा कुनै निर्णय पुनर्विचार गर भन्न सम्म सक्छन्। तर यदी सरकारले उनको सल्लाह मानेन भने पनि त्यसमा उनले हस्ताक्षर गर्नै पर्छ।


रामनाथ कोविंद बिहारका राज्यपाल थिए। शुरुमा राष्ट्रपति उम्मेद्वारको दौडमा उनको नाम उतिसारो चर्चामा थिएन्। भारतीय जनता पार्टीको उत्तर प्रदेशका दलित नेता उनी दुई पटक राज्यसभाका सदस्य भएका थिए।

उनीसँग दिल्ली हाइकोर्ट-सुप्रीम कोर्टमा १६ वर्ष कानून व्यवसायीको रुपमा अभ्यास गरेको अनुभव छ।

उत्तर प्रदेशबाट सन् १९९४ मा राज्यसभामा प्रवेश गरेका कोविंद १२ वर्षसम्म सांसद रहे।

त्यसक्रममा उनले आदिवासी, पेट्रोलियम र प्राकृतिक ग्यास, सामाजिक न्याय, कानून न्याय व्यवस्था र राज्यसभा हाउस कमिटी लगायतका विभिन्न संसदीय समितिमा सदस्य र अध्यक्षको रुपमा काम गरेका थिए।

कोविंद गभर्नर्स अफ इंडियन इन्स्टिट्युट अफ म्यानेजमेण्टको पनि सदस्य थिए।

सन् २००२ मा उनले संयुक्त राष्ट्रसंघको महासभालाई संबोधन गरेका थिए। उनले अन्य कयौं देशको भ्रमण गरेका छन्।

उनले विद्यार्थी कालमा समेत संविधानमा सूचिकृत जाति, जनजाति र महिलाको हकहितको पक्षमा सक्रिय भूमिका निर्वाह गरेको पाइन्छ।

१२ वर्ष सांसद हुँदा उनले शिक्षासँग जोडिएका कयौं मुद्दाहरु उठाएका थिए।

कानून व्यवसायमा हुँदा उनले गरीब र दलितको पक्षमा निशुल्क कानूनी लडाईं लडेको पनि बताइन्छ।

सन् १९७४ मा सविता कोविंदसँग वैवाहिक सम्बन्धमा गाँसिएका उनका एक छोरा र एक छोरी छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved