भारतीय रिजर्ब बैंकले पायो नयाँ गभर्नर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 21, 2016 | 07:00:10 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय रिजर्ब बैंकको नयाँ गभर्नरमा उर्जित पटेल चयन गरिएका छन। पटेलले हाल कायम गभर्नर रघुराम राजनको स्थान लिने छन। 

समाचार एजेन्सी रॉयटर्सका अनुसार सरकारको तर्फबाट एक बयानमा भनिएको छ 'मन्त्रिपरिषदको नियुक्ति समितिले रिजर्भ बैंकको गभर्नरको रुपमा तीन बर्षका लागी ड़ा उर्जित पटेलको नियुक्तिलाई स्वीकृत गरेको छ' 

५२ बर्षीय उर्जितलाई यसै बर्ष जनवरीमा लगातार दोस्रो पटक तीन बर्षको लागी आरबिआईको डिपुटी गभर्नरमा नियुक्ती गरिएको थियो। पटेललाई राजनको निकट मानिन्छ त्यसैले पनि उनले राजनको नीतिलाई अगाडी बढाउने बिश्वास गरिएको छ। 

रघुराम राजनले केहि समय अघिमात्र आफ्नो कार्यकाल यहि सेप्टेम्बरमा समाप्त हुने बताएका थिए। अमेरिकाको एल विश्वविद्यालयबाट डाक्टर गरेका पटेललाई आरबिआई गभर्नर पदका लागी मुख्य दाबेदारको रुपमा लिइएको थियो। 

आर्थिक मामिलाकार तथा विश्लेषक परंजायगुहा ठाकुरताको भनाई अनुसार नयाँ गभर्नरको अगाडी मुद्रास्फिति दरलाई नियन्त्रण गर्नु पर्ने मुख्य चुनौती रहने छ। यसको साथै मौद्रिक नीति र अर्थतन्त्रबीच अधिक तालमेल मिलाउनु पर्ने चुनौती पनि रहेको छ। 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved