ग्रीसमा शक्तिशाली भूकम्प, २ जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 21, 2017 | 04:19:37 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीसको द्वीपीय क्षेत्र अर्थात् ग्रीस र टर्कीको विदा मनाउने गन्तव्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको छ ।

शुक्रबार आएको ६.७ म्यानिच्युड मापन गरिएको छ। भूकम्पमा परी कम्तीमा दुई जना विदेशी नागरिकको मृत्यु भएको र एक सयभदा बढी घाइते भएका बताइएको छ।

टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०.३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्र विन्दु रहेको बताइएको छ ।

गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो । ६.३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए । रासस/एएफपी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved