कतारका राजा छिमेकी राष्ट्रको प्रतिबन्धबारे पहिलो पटक बोले,वार्ताका लागि आह्वान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 22, 2017 | 11:27:49 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारका राजा तमीम बिन हमद अल थानीले खाडीका चार छिमेकी देशहरुसंगको जारी विवाद छलफल मार्फत खोज्न आब्हान गरेका छन। साउदी अरब,इजिप्ट, बहराइन र संयुक अरब इमिरेट्सको तर्फबाट आर्थिक नाकाबन्दी घोषणापछी पहिलो पटक वक्तव्य जारी गरेका कतारका राजा शेख तमिमले समस्या समाधानका लागि वार्तामा आउन छिमेकी देशसँग आग्रह गरेका हुन।

कतारले आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै यी छिमेकी देशले उससँगको सम्बन्ध तोडेका हुन् । तर कतारले भने आफूले कुनै पनि चरमपन्थी समूहलाई आर्थिकसहितका कुनै पनि सहयोग नगरेको बताउँदै आएको छ। 

छिमेकी मुलुकहरुको घेराबन्दी पश्चात पनि कतारको जनजिवन पहिले जस्तै सामान्य रहेको जारी वक्तव्यमा उल्लेख छ। 'कतार कुनै पनि बाह्य शक्तिको दबाबका कारण चरमपन्थीसंग युद्द गरेको छैन' बिज्ञप्तीमा उल्लेख छ।

टेलिभिजन सम्बोधनको क्रममा राजा अल थानीले आफ्नो देश विरुद्ध गरिएको अभियानको विरोध गर्दै धैर्यताका लागि आफ्ना नागरिकलाई धन्यवाद दिएका छन। समस्याका बारेमा पहिलो पटक सार्वजनिक वक्तव्य दिएका कतारी राजा अल थानीले कतार वार्ताका लागि तयार रहेको तर आफ्नो देशको सार्वभौमसत्ताको भने सम्मान हुनु पर्ने बताएका छन।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved